• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘वातावरण संरक्षकत्व निभाउने प्रमुख दायित्व मानव समुदायको हो’




शिवु खनाल
देउखुरी। नेपाल उद्यान (पार्क) महासंघ नेपालका केन्द्रीय सदस्य पवन शर्मा रिजालले वातावरण संरक्षण यतिबेला विश्वव्यापी रूपमा चुनौतीको रूपमा देखा परेको बताउनुभयो । उहाँले प्राकृतिक स्रोतको धनी मानिने नेपाल पनि यसबाट अछुतो नरहेको बताउनुहुदैँ, वन विनाश, जल प्रदूषण, जैविक विविधता, अत्यधिक जनसंख्या, औद्योगीकरण लगायत वातावरणीय चुनौतीसँग लड्नु परेको बताउनुभयो । रोट¥याक क्लव अफ लमहीले शनिवार लमहीमा आयोजना गरेको इम्प्याक्ट जेनरल कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रिजालले वायु प्रदूषण एक गम्भीर वातावरणीय र जनस्वास्थ्य जोखिम बढेको बताउनुहुदैँ, खराब वायुको गुणस्तरले विभिन्न स्वास्थ्य समस्याको जोखिममा पारेको बताउनुभयो । उहाँले वायु प्रदूषणका कारण हुने मृत्यृसम्बन्धी नेपालमा गरिनुपर्ने अध्ययन नगरिएको र भएका केही अध्ययन नतिजाले नेपालीको स्वास्थ्यका लागि वायु प्रदूषण ठूलो चुनौती बनेको देखिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रिजालले पछिल्लो समय प्राकृतिक स्रोतको अत्यधिक दोहनले आज मानव सभ्यतालाई नै संकटको जालोमा फसेको बताउनुहुदैँ, हाम्रो वरिपरिको वातावरणलाई आफ्ना लागि तथा अन्य जीवका लागि अनुकूल बनाउन वातावरणको उचित व्यवस्थापन र संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरणीय प्रतिकूलतालाई सम्बोधन गर्न तल्लो तहको सहभागितालाई बढावा दिएर प्रदूषणलाई रोक्नको लागि नीतिगत उपायहरू अपनाउनु पर्ने जरुरी रहेको बताउनुहुदैँ, समुदाय स्तरबाटै वातावरण संरक्षणका लागि उचित कदम अगाडि बढाउर्ने सुझाव दिनभयो । उहाँले भन्नुभयो,–। ‘वातावरणीय चेतनाको विकास गरी सामुदायिक स्तरमा आर्थिक लाभ पुग्ने कार्यक्रमहरू निर्माण गर्नुपर्छ। यसका लागि जनसहभागिता प्रवद्र्धन गर्नुपर्ने आवश्यक देखिन्छ । नेपालमा वातावरण संरक्षणका प्रयासहरू प्रभावकारी र दिगो बनाउन सामुदायमा आधारित संरक्षण सुनिश्चित गरेको पाइन्छ ।’

कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले विभिन्न समुदायमा आधारित वन, वातावरण र जैविक विविधता संरक्षण कार्यक्रमहरू लागू गर्नु कुरामा जोड दिनुभयो । सामुदायिक वन कार्यक्रमले गर्दा स्थानीय समुदायहरूले वन स्रोतहरू व्यवस्थापन गरेका छन्, उहाँले भन्नुभयो,–। ‘जसले वन विनाश रोक्न र स्थानीय जनताको जीविकोपार्जन सुनिश्चित गर्न वन उत्पादनको दिगो प्रयोगलाई प्रवद्र्धन गर्न मद्दत गरेको छ ।’ रोट¥याक क्लव अफ लमहीका अध्यक्ष रूपक खनालको अध्यक्षता एवम् नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारी, पत्रकार राधेश्याम गुप्ता, शिवु खनाल, पार्क डिजाइनर प्रमोद गौतम लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संस्थाको कोषाध्यक्ष दिपक भुषालले गर्नुभएको थियो।

Facebook Comments