• २३ माघ २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीकाे प्रमुख पर्यटकीय स्थल ग्रिनपार्कलाई डस्टविन हस्तान्तरण




श्रवण कुमार यादव
देउखुरी। राेटर्‍याक क्लव अफ लमहीले लमही स्थित जैविक विविधता ग्रीनपार्कलाई डस्टबिन हस्तान्तरण गरेको छ । शनिबार लमहीमा सौजन्यस्वरूप उपलब्ध गराइएको ५ थान डस्टबिन राेटर्‍याक क्लव अफ लमहीका अध्यक्ष रूपक खनालले नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजाललाई इम्प्याक्ट जेनरल कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हाे ।

राेटर्‍याक क्लव अफ लमहीका अध्यक्ष रूपक खनालले पार्क क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा रहेकाे जैविक विविधता ग्रीनपार्क क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न सरसफाइ सामाग्री डष्टविन हस्तान्तरण गरिएको बताउनुभयो ।

राेटर्‍याक क्लव अफ लमहीका अध्यक्ष रूपक खनालकाे अध्यक्षता एवम् नेपाल उद्यान (पार्क) महासंघका केन्द्रीय सदस्यय एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समुह लमहीका अध्यक्ष पवन शर्मा रिजालकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता लमहीका सचिव गाेमा भण्डारी, नेपाली पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन, वरिष्ठ पत्रकार राधेश्याम गुप्ता, पत्रकार शिवु खनाल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments