दाङ । दाङमा प्रत्येक दिन सांस्कृतिक कार्यक्रम गर्दै आएको झोर्ले दोहोरी साझको आयोजनामा माघी विशेष सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ।
लोकदोहोरी, गीत–संगीत तथा नृत्यमार्फत दाङको मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय झोर्ले दोहोरी साझले माघी पर्वको अवसर पारेर विशेष कार्यक्रम गर्न लागेको हो।
कार्यक्रम माघ १ गते बिहान ११ बजेदेखि घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह, दाङमा सञ्चालन हुनेछ। दाङमा निरन्तर रूपमा दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको झोर्ले दोहोरी साझको आयोजनामा तथा बहरा क्षेत्र संरक्षण तथा धार्मिक समितिको संरक्षकत्वमा कार्यक्रम हुन लागेको जानकारी झोर्ले दोहोरी साझका सञ्चालक प्रकाश पुनले दिएका छन्।
माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा चर्चित केन्द्रीय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ। गायनतर्फ बालचन्द्र बराल, एलिना रायमाझी, विजय परियार, सन्दीप सेन्चुरी, जी. जंग खत्री र प्रेम शर्मा तथा गायिकातर्फ मिना बुढाथोकी, सुसिला थापा र रविना बुढा मगरले दर्शकलाई मनोरञ्जन दिनेछन्।
त्यसैगरी नृत्यतर्फ रविना थापा, तिर्सना मगर, सिर्जना सुनार, रिना घर्ती मगर, जल परी, प्रतिक्षा विष्ट, मिस गीता र वर्षा मगरलगायतका चर्चित डान्सरहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषण प्रकाश पुन र विष्णु सुनारले गर्नेछन्।
माघी पर्वको सांस्कृतिक महत्व, मौलिक पहिचान तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उपस्थित भई सांस्कृतिक मनोरञ्जन लिन प्रत्येक दिन सांस्कृतिक कार्यक्रम गर्दै आएको झोर्ले दोहोरी साझले सम्पूर्ण दाङवासी तथा दर्शकहरूलाई हार्दिक आग्रह गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
