• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमहीमा देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव हुने




श्रवण कुमार यादव 
देउखुरी, २८ पुस। स्वरोजगार आत्मनिर्भरता र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य उद्देश्यका साथ देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८२ आयोजना हुने भएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीद्वारा संचालित जैविक विविधता ग्रिन पार्कमा देउखुरी कृषि, पर्यटन तथा व्यापारिक महोत्सव २०८२ यही माघकाे ७ गतेदेखि हुने लागेको साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

सोमबार चेम्बर अफ कमर्स लमहीका अध्यक्ष किरण कुमार बुढाथोकीले लमहीमा पत्रकार सम्मेलनमार्फत महोत्सव संचालन गर्न लागेको जानकारी दिनुभयो। महोत्सवमा उत्पादन, पर्यटन, सामुदायिक संस्कृति तथा व्यापारिक क्षेत्रको विकास र विस्तारलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक क्षेत्रको प्रवर्द्धनसँगै जन्मसिद्ध मौलिकता, कला, साहित्य र संस्कृतिको संरक्षणमा समेत जोड दिइने चेम्बर अफ कमर्सले संघले जनाएको छ।

पत्रकार सम्मेलनमार्फत महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषि उपज, घरेलु तथा साना उद्योगका सामग्री, विभिन्न संस्कृतिक झाँकी, कला–साहित्य प्रदर्शनी, मनोरञ्जनात्मक कार्यक्रम तथा व्यापारिक स्टलहरू रहनेछन् । महोत्सव अवधिभर करिब १५० वटा स्टल रहने र ५० वटा कृषि क्षेत्रका स्टल रहने जानकारी दिइएको छ ।

बुढाथोकीका अनुसार महोत्सवमा प्रवेश शुल्क सामान्यतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक–फरक समयमा फरक–फरक मौलिक सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारको प्रस्तुति तथा उत्कृष्ट स्टल र प्रदर्शनकर्तालाई पुरस्कार प्रदान गरिने बताइएको छ।

आयोजाकले पत्रकार सम्मेलन मार्फत महोत्सवमामहोत्सव स्थलमा निःशुल्क पार्किङ, स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, तथा सुरक्षा व्यवस्थापन गर्ने जनाइएको छ भने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, युवा स्वरोजगार सिर्जना, पर्यटन प्रवर्द्धन, तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने जानकारी गराएको हो। स्थानीय सुरक्षा समिति र सरोकारवाला निकायको समन्वयमा महोत्सवलाई शान्ति र सुरक्षाका साथ सञ्चालन गरिने चेम्बर अफ कमर्सका वरिष्ठ सल्लाहकार किसन भट्टराईले जानकारी दिनुभयो।

Facebook Comments