• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मेलामा आज चर्चित लोकगायिका तथा मोडल ज्योति मगर र एलिना चाैहानकाे प्रस्तुति रहने




घोराही । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ अन्तर्गत महोत्सवको चौथो दिन आज (पुस २८ गते) चर्चित लोकगायिका तथा मोडल ज्योति मगर सहितका कलाकारहरूको विशेष प्रस्तुति रहने भएको छ।सांस्कृतिक संयोजक गोपाल बुढा मगरका अनुसार ज्योती मगरले नृत्यसहित लोकदोहोरी र अन्य विविध प्रस्तुति देखाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक प्रेम शर्मा, कलाकार वर्षा मगर र सुशीला मगरको पनि प्रस्तुति रहनेछ । हरेक दिनझैं आज पनि सोनी डान्स ग्रुपले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ ।

कार्यक्रमको सञ्चालन माधव जोन खत्री र रुपा घर्ती मगर ले संयुक्त रूपमा गर्नेछन् । आयोजकका अनुसार आजको कार्यक्रमले माघे मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरिएको छ ।

यसैबीच, मेला आयोजक नेपाल मगर सङ्घ घोराही उपमहानगरपालिका समितिका अध्यक्ष बेदबहादुर बुढा मगले मेला सुरु भएदेखि नै प्रत्येक दिन दर्शकको सहभागिता क्रमशः बढ्दै गएको जानकारी दिए । उनका अनुसार मेलाको मुख्य उद्देश्य संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउनु, स्थानीय संस्कृतिको संरक्षण गर्नु र दाङको पर्यटन प्रवर्द्धन गर्नु हो ।

दर्शकको थप आकर्षणका लागि मेलास्थलमा आइफेल टावर, लण्डन ब्रिज र जलपरी जस्ता आकर्षक संरचनाहरू निर्माण गरिएको छ । आयोजकका अनुसार भोलिदेखि जलपरी औपचारिक रूपमा प्रदर्शनीमा राखिनेछ, जसले मेलालाई पारिवारिक अवलोकन र फोटो खिच्ने गन्तव्यका रूपमा समेत स्थापित गरेको छ ।

मेलामा मौलिक नृत्य, परम्परागत भेषभूषा, स्थानीय खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनीले वातावरणलाई अझ रंगीन र जीवन्त बनाएको छ । प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ भने ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले मेलाको बाँकी दिनहरूमा अझ बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरेका छन् ।

Facebook Comments