• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अप्टिमिष्ट क्लब घोराहीको चौथो पद हस्तान्तरण




घोराही। अप्टिमिष्ट क्लब घोराहीको चौथो पद हस्तान्तरण कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ । संस्थाको २०२५/२०२६ का लागि निर्वाचित भएको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा निर्वाचन अधिकृत तेज बिक्रम रावतले २०२५/२०२६ का निर्वाचित प्रदीप सिंह गहतराज नेतृत्वको टिम घोषणा गर्नुभएको थियो । संस्थाको डाइरेक्टरमा ज्ञानेन्द्र नापित, कोषाध्यक्षमा प्रेमलाल न्यौपाने, सचविमा प्रवेश भण्डारी र प्रसिडेन्ट इलेक्ट वसन्त जिएम रहेको भएको छ ।

संस्थाको २०२५/२०२६ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको प्रदीप सिंह गहतराजले संस्थाले विगतदेखि गर्दै आइरहेको सामाजिक कामहरुलाई निरन्तरता दिने बताउनभयो । उहाँले संस्थाले एक वर्षको कार्यकालमा सामाजिक क्षेत्रमा उल्लेखनिय काम गर्ने र  काम गर्दा निर्वतामान टिमसँगको सल्लाह तथा सुझाव लिने प्रतिवद्धता जनाउनुभएको थियो ।

वर्ष २०२४/२०२५ का अध्यक्ष निरञ्जन गहतराज अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै  पोख्रेलले मानिसमा भएको नैराश्यतालाई चिर्दै सकारात्मक सोचको विकास गर्नका लागि अप्टिमिष्ट संस्थाको स्थापना भएको बताउनुभयो । उहाँले समाजको विकास क्रमसँगै अस्वस्थ प्रतिस्पर्धा हुने र त्यसबाट निरासा पैदा हुने भएकोले सकारात्मक सोचको आवश्यकता रहेको बताउनुभयो । मानिसलाई आसावादी जगाउने संस्था लक्ष्य भएको हुँदा प्रविधि विकाससँगै समाजमा सकारात्मक सोचको विकास गर्नका लागि संस्थाले सोहीअनुसार कामहरु गर्नुपर्ने उहाँको जोड रहेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले यो क्लबले विगत चार वर्षदेखि घोराहीमा सामाजिक कार्यमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले  सामाजिक क्षेत्रमा सकारात्मक सोचको विकास गर्नका लागि अप्टिमिष्ट संस्थाले भूमिका सराहनीय रहेको समेत बताउनुभयो । समाज हरेक रुपमा नकारात्मक ढंगबाट अगाडि बढिरहेको हुँदा समाजमा सकारात्मक सोचमा विकास गर्नका लागि सबै एकतावद्द भएर लाग्नुपर्ने उहाँको जोड थियो । समतामूलक समाज निर्माण गर्नका लागि नयाँ ढंगले नयाँ बहस र छलफल  अबको आवश्यकता भएको हुँदा त्यसतर्फ पनि क्लबले ध्यानदिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य दिँदै यो क्लबले मानिसको अपेक्षालाई  सकारात्मक सोचमा प्रेरित गर्ने काम गर्दै आइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय मानिसहरू नकारात्मक सोचमा अग्रसर  हुँदै गएको हुँदा हरेक क्षेत्रमा सकारात्मक सोचको विकास गर्नका लागि यस्ता क्लबहरुको भूमिका महत्त्वपूर्ण रहेको समेत बताउनुभएको थियो ।

अप्टिमिष्ट क्लब घोराहीका संस्थापक अध्यक्ष निसान्त आचार्यले  समाजमा केही राम्रो काम गर्ने उद्देश्यले संस्थाको स्थापना भएको बताउनुभयो । उहाँले यो क्लब एउटा आसावादी भएको हुँदा युवालाई सकारात्मक सोचकासाथ अगाडि बढ्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो ।  संस्थाले आफ्नो स्थापना कालदेखि नै सदैव सकारात्मक सोचसहित सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि विभिन्न योजनासहित सामाजिक कार्य गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन वर्ष २०२४/०२५ का सचिव प्रेमलाल न्यौपानेले गर्नुभएको थियो ।

Facebook Comments