• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गिरिराज केसी नेतृत्वको स्वतन्त्र बाममोर्चा नेपाली कम्युनिस्ट पार्टीमा समाहित




काठमाडौं। गिरिराज केसी नेतृत्वको स्वतन्त्र बाममोर्चा नेपाल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँहरू औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनुभएको हो।

काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर स्वागत गर्नुभयो।
समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेश सभाका उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व उपमेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहनुभएको छ।

स्वतन्त्र वाम समूहमार्फत दाङलगायत विभिन्न जिल्लामा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्तालाई सम्बन्धित जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो।

Facebook Comments