दशरथ घिमिरे
अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको छ ।
बैठकले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
