घोराही । गत भदौ २३–२४ गते जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयमा आम नागरिकका आवश्यक कागजात जलेपछि हाल ती कागजातहरूको श्रेष्ता कायम गर्ने काम भइरहेको छ।

तर, कार्यालयमा काममा ढिलासुस्ती र केही चलखेल भएको भन्ने गुनासो आएका कारण आज सचेत नागरिकको तर्फबाट दाङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला मालपोत र भुमिसुधार कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्र बुझाउन सहभागी सम्पूर्ण नागरिकप्रति कार्यालयले आभार व्यक्त गरेको छ। प्रमुख जिल्ला अधिकारीले भोलिदेखि मालपोत कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले आफ्नो जग्गाधनी पुर्जा, नागरिकता, कर तिरेको रसिद र लिखत राजीनामा लिएर जाने हो भने काम एकै दिनमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेको घोराही १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

सो क्रममा प्रजिअले आवश्यक कागजपत्र भए पनि कुनै सेवाग्राहीलाई समस्यामा पारिए कडा कारवाही हुने प्रतिबद्धता व्यक्त गरेको डाँगीले जानकारी दिनुभयो । यदि कार्यालयबाट काम नपुगेमा नागरिकले सम्बन्धित कार्यालय प्रमुखसँग सम्वाद गर्न सक्नेछन् र आवश्यक परे प्रमुख जिल्ला अधिकारीसँग सिधा गुनासो गर्न सक्नेछन् पनि उहाँले जानकारी दिनुभएको छ ।
ज्ञापनपत्र प्राप्त गरेपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित कार्यालय प्रमुखहरूसँग बैठक गरेर सुधारका कार्यहरू सुरु गर्ने र आवश्यक निर्देशन दिने बताउनुभएको डाँगीले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
