• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अजम्मरी सामुदायिक वन सम्मानित




शिवु खनाल
देउखुरी, २१ पुस। लमहीकाे अजम्मरी सामुदायिक वन सम्मानित भएको छ ।

कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रूपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउदै मित्रता पूर्ण रूपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै यस समुहकाे १६ औँ वार्षिक साधारणसभाकाे अवसरमा सम्मानित भएको हाे।

कर्री सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर खत्री, डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सिनियर डिभिजनल प्रमुख जीवन पंगेनीले संयुक्तरूपमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान पत्र सहित सम्मानित गर्नु भएको हाे ।

बुधबार कर्री सामुदायिक वन उपभोक्ता समहुकाे १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालले देउखुरी क्षेत्रमा रहेका सम्पूर्ण सक्रिय निष्क्रिय सामुदायिक वनहरू संग समन्वय सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

Facebook Comments