• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गोरखा माविको २८ औं वार्षिकोत्सवः शैक्षिक गुणस्तरका लागि शैक्षिक वातावरण आवश्यक




घोराही । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले २८ औं वार्षिकोत्सव मनाएको छ ।

गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, विशिष्ठ अतिथिहरु बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन, नेपाल विद्यालय खेलकुद महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष निर्मल आचार्य, गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढा, ग्रुपका प्रमुख कार्यकारी निर्देशक नवलसिंहजीएम, विद्यालयका प्रिन्सिपल मानसिंह घर्ती मगर, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, काठमाडौं विश्वविद्यालयका सन्दीप ढुंगाना, लागु औषध दुर्व्यसनीविरुद्धका अभियन्ता बसन्त पुन मगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चौधरीले गोरखा ग्रुपले गुणस्तरीय शिक्षाका साथै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको बताउनुभएको थियो ।

अन्य वक्ताहरुले विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक, समुदाय र शैक्षिक वातावरणको समन्वयबाट मात्रै गुणस्तरीय शिक्षा संभव हुने बताएका थिए । गुणस्तरीय शिक्षाको उद्देश्य बढी अंक ल्याएर उत्तीर्ण गराउनु मात्र नभई विद्यार्थीलाई जीवन र समुदायसँग साक्षात्कार गराउँदै देशभित्रै बसेर केही गर्न सकिन्छ भन्ने भावनको जागृत गराउन केन्द्रित हुनुपर्ने वक्ताहरुको भनाई थियो । कार्यक्रम सहजीकरण शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विद्यार्थीहरुले नेपालका विभिन्न समुदायका कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति देखाएका थिए भने विभिन्न कक्षा तथा खेलका विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयको स्मारिका पनि विमोचन गरिएको थियो । यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार पैतीस विद्यार्थी अध्ययनरत रहेका छन् ।

Facebook Comments