• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निवर्तमान सांसद घिमिरे एमाले छाडेर रास्वपाबाट विष्णु पौडेलविरुद्ध चुनाव लड्ने तयारीमा




बुटवल । नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन्।
२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका घिमिरे एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन्। घिमिरेका अनुसार रास्वपाले उनलाई रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव गरेको छ। सो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र हो । उनको अब पौडेलसँग प्रतिष्पर्धा हुनेछ ।

“उहाँहरूले रूपन्देही क्षेत्र नम्बर २ बाट नै चुनाव लड्नुपर्ने कुरा गर्नुभएको छ। मैले त्यसबारे कुनै जवाफ दिएको छैन, तर म अब एमालेमा भने रहिनँ,” घिमिरेले बताए।

दिउँसोदेखि आफू रास्वपा प्रवेश गर्ने भन्ने चर्चा सामाजिक सञ्जालमा फैलिएपछि उनले सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

“म एमालेमा रहिनँ भनेर सामाजिक सञ्जालमा लेख्दै छु। पार्टी सुध्रिने अवस्था देखिएन। उहाँहरूले देशका लागि मिलेर योगदान गरौँ, तपाईं हाम्रो टिममा आउनुस् भनिरहनुभएको छ। म उहाँहरूको प्रस्तावप्रति सकारात्मक छु,” उनले उल्लेख गरेका छन्।

घिमिरे मंसिर २७ गतेसम्म नेकपा एमालेको लुम्बिनी प्रदेश सदस्य रहेका थिए। उनी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।

Facebook Comments