• २७ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र क्याम्पसका बिबिए विद्यार्थीलाई अभिमुखीकरण

दाङ। महेन्द्र बहुमुखी क्याम्पस दाङ व्यवस्थापन संकायको आयोजनामा बिबिए प्रथम सेमेस्टरका विद्यार्थीका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ।

अभिमुखीकरण कार्यक्रममा बिबिए निर्देशक सुदर्शन रिजाल, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका बिबिए शिक्षक उप–प्राध्यापक भीम शर्मा अधिकारी तथा महेन्द्र बहुमुखी क्याम्पस दाङका बिबिए शिक्षक कुमारराज श्रेष्ठले बिबिए अध्ययनपछिका अवसर, व्यवस्थापन योजना, नेतृत्व विकास, जीवन सीप, मनोवृत्ति विकास, भावी योजना निर्माण, समय व्यवस्थापन, ध्यान तथा योगलगायत विविध विषयमा सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बिबिए निर्देशक सुदर्शन रिजालले बिबिए कार्यक्रमको महत्व, क्याम्पसले सञ्चालन गर्दै आएका बिबिए, बिएस्सी सिएसआईटीलगायत कार्यक्रम तथा उच्च शिक्षामा क्याम्पसले पुर्‍याएको योगदानबारे जानकारी गराउनुभएको थियो।

दुई दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम आवासीय रूपमा आयोजना गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पहिलो सेमेस्टरका लागि गोप्य मतदान (निर्वाचन)मार्फत आयुष शर्मा र सुभेक्षा अधिकारीलाई कक्षा प्रतिनिधि (सीआर) चयन गरेका छन्।

अभिमुखीकरण कार्यक्रममा सिकेका विषयलाई आधार बनाएर विद्यार्थीहरूले प्रतिवेदन लेखन गरी कक्षाकोठामा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments