• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘शिक्षा र खेलकुद क्षेत्रमा गोरखा ग्रुपले खेलेको भूमिका महत्वपूर्ण’




घोराही । घोराहीस्थित गोरखा इन्टरनेशनल सेकेण्डरी स्कूल घोराहीमा खेल सप्ताह तथा पुरस्कार वितरण कार्यक्रम समापन गरिएको छ । विद्यालयको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार विद्यालयको प्रांगणमा समापन गरिएको हो ।

गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीको अध्यक्षतामा भएको खेलकुद समापन कार्यक्रममा नेपाल विद्यालय खेलकुद विकास महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष निर्मल आचार्यले शिक्षा र खेलकुद क्षेत्रमा गोरखा ग्रुपले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गोरखा ग्रुपले दाङ जिल्लालाई शिक्षाको उज्यालो छर्नका लागि अभूतपूर्व र अनुज्ञ काम गरेको समेत बताउनुभएको थियो । खेलकुद मानिसको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय भएको हुँदा विद्यालयस्तरबाटै खेलकुदका गतिविधिहरुलाई विकास गर्दै लैजानुपर्ने उहाँले धारणा राख्नुभएको थियो ।
पछिल्लो समय विद्यालयहरुमा विद्यार्थीहरुलाई मोबाइलको प्रयोग गर्न नहुने चर्चा गर्ने गरेको कुरामा जोडदिँदै उहाँले विद्यालयले विद्यार्थीहरुलाई मोबाइल प्रयोग नगर्नभन्दा पनि मोबाइलको सदुपयोग सिकाउन जरुरी रहेको बताउनुभयो । ‘हामीले बालबालिकालाई टिकटक चलाउ, फेसबुक नचलाउ भनेर हुँदैन’्, उहाँले भन्नुभयो ‘मोबाइललाई सही ढंगले कसरी सदुपयोग गर्ने भन्ने कुरा सिकाउन जरुरी छ । मोबाइल प्रयोगको नाकारात्मभन्दा पनि सकारात्म सदुपयोग गर्ने मान्छे धेरै रहेका छन् । त्यसकारण यसको सदुपयोग सकारात्म पक्ष राखेर मोबाइललाई साथी बनाउने हो । राम्रो कुरा शेयर गर्ने र राम्रा कुराहरु सिक्ने माध्यम बनाउन जरुरी छ । यसले गर्दा बालबालिकाहरुलाई राम्रो कुरा सिक्ने अवसर प्राप्त हुन्छ ।’

उहाँले जिल्लामा लागूऔषध दुव्र्यशनी बढ्दै गएको हुँदा त्यसको न्यूनिकरणका लागि विद्यालयहरुमा सचेतना कार्यक्रमहरु चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभएको थियो । लागुऔषध दुव्र्यशनीमा विद्यालयमा पढ्ने विद्यार्थीहरु फस्न सक्ने डर भएको हुँदा अभिभावक, शिक्षक र विद्यालय लगायत सबै पक्ष सचेत हुनुपर्ने उपाध्यक्ष आचार्यको भनाइ थियो ।

दाङ जिल्ला खेलकुद विकास समिति दाङका प्रमुख राकेश परियारले यो गोरखा ग्रुपले विद्यार्थीलाई पढाइ मात्र नभएर खेलकुदलाई पनि जोड दिएकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयले विद्यार्थीको पढाइसँगसँगै खेलकुदका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । खेलकुदले शारीरिक र मानिसिक रुपमा स्वस्थ बनाउने भएको हुँदा हरेक व्यक्तिले नियमित रूपमा व्यायाम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

विद्यालय प्रधानाध्यापक मानसिंह घर्तीले विद्यालयले आफ्नो वार्षिकोत्सव अवसरमा हरेक वर्ष खेलकुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले खेलकुद स्वास्थ्य र अनुशासनका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । विद्यालयमा हुने यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरुमा शिक्षासँगै बाह्य क्रियाकलापमा हौसला प्रदान गर्ने भएको हुँदा विद्यालयले हरेक वर्ष खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आइरहेको उहाँको भनाइ थियो ।

खेलकुद सप्ताहमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने ब्लू, ग्रीन, रेड र एल्लो हाउस समर्थक खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमलाई भव्य र सब्य बनाउनका लागि विद्यार्थीहरुले आ–आफ्नो पहिचान झल्किने पोषकमा विभिन्न एकल तथा सामूहिक नृत्यहरु प्रस्तुत गरेका थिए । खेलकुद कार्यक्रमको उद्घाटन सत्रमा  गतवर्षको विजेता ब्लू हाउस र उपबिजेता रेड तथा एल्लो हाउसले मार्चपास गरेका थिए ।

कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो ।

 

Facebook Comments