• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पवित्रादेवी स्मृति टी–२० क्रिकेट: त्रिशिद्धेश्वरी र घोराही क्रिकेट एकेडेमी विजयी




दाङ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सञ्चालन भएको पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत दोस्रो दिन दुई खेल सम्पन्न भएका छन्।

घोराही क्रिकेट रंगशाला, गुलरियामा सम्पन्न दोस्रो दिनको पहिलो खेलमा श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब र दोस्रो खेलमा घोराही क्रिकेट एकेडेमी विजयी भएका छन्।

दोस्रो दिन बिहान भएको पहिलो खेलमा द एजाइन क्रिकेट क्लब र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर श्री त्रिशिद्धेश्वरीले फिल्डिङ रोजेपछि द एजाइन क्रिकेट क्लबले ब्याटिङ गर्दै निर्धारित २० ओभर नखेल्दै ८५ रन बनायो। द एजाइनका लागि विक्रम रोकाले २४ रन र अमृत घर्तिले १९ रनको योगदान दिए।

श्री त्रिशिद्धेश्वरीका बलर शंकर पाण्डेले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने सुजन गौतमले १ विकेट हात पारे।

८६ रनको सामान्य लक्ष्य पछ्याएको श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबले ८.३ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि आशिष लोहार नटआउट रहँदै २३ बलमा ४ चौका र २ छक्का सहित ३५ रन बनाए। सुजन गौतमले १२ बलमा ४ चौकाको सहयोगमा २४ रन जोडे।
द एजाइनका बलर गणेश धिताले ह्याट्रिकसहित ४ विकेट लिए पनि अन्य बलरबाट अपेक्षित साथ नपाउँदा टोली पराजित हुन पुग्यो।

दोस्रो खेलमा घोराही क्रिकेट एकेडेमीले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनायो। टोलीका लागि क्षितिज थापा मगरले ५३ बलमा ७ चौका र ३ छक्का सहित ६९ रन तथा शिशिर डिसीले ३४ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए।
भ्याली जुनियर क्रिकेट क्लबका बलर कर्णवीर सार्की र योगेश्वर कुँवरले समान ३–३ विकेट लिए।

१६४ रनको लक्ष्य पछ्याएको भ्याली जुनियर क्रिकेट क्लबले २० ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमा सीमित रह्यो। टोलीका लागि निर्मल गुरुङले ४६ रन र सलाहुद्दीन खानले २२ रन बनाए। घोराही क्रिकेट एकेडेमीका बलर किशन भारतीले ३ विकेट तथा करण जिएमले २ विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार तेस्रो दिन घोराही टाइगर्स र देउखुरी वारियर्स तथा पुरन्धरा क्रिकेट क्लब र भ्याली जुनियर क्रिकेट क्लबबीच खेल हुने क्लबका कोषाध्यक्ष सुजित  शर्माले जानकारी दिएका छन्।

Facebook Comments