• ७ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शीतलहरबाट जनजीवन प्रभावित लमहीको चोक–चोकमा दाउरा बाल्न थालियो




शिवु खनाल
देउखुरी, १४ पुस। देउखुरी सहित तराईमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् । चिसो बढेसँगै देउखुरी र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घर, लमही बजार र आसपासका विभिन्न चोकहरुमा (काठको मुढा बालेर आगो) ताप्न थालेका छन् । अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । विशेषगरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ ।

लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँठाउँमा मुडा राखिदिएको छ । अत्यधिक शीतलहर बढेपछि लमहीका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोकचोकमा आगो बाल्न दाउरा वितरण गरेका छन् । नेपाली सेना ज्वाला दल गण अर्जुनखोलाका प्रमुख दिपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बालिएको हो ।
चोकमा बालिएको आगोबाट उनीहरूले राहत महसुस गरेका छन् । संकटको यस घडीमा अन्य निकायको उपस्थिति न्यून रहेको अवस्थामा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले दाउराको व्यवस्था गरी सहयोग गरेको स्थानीयले बताएका छन् । चिसोको प्रभाव बढ्दै जान थालेपछि सामुदायिक वनले सोमबार विहानै देखि लमही बजारका विभिन्न चोकमा दाउरा बाल्न व्यवस्था सुरु गरेको हो ।अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही बजार क्षेत्रको मुख्य चोक, लमही बसपार्क, धमिला बोटा, गोल घर, साहामार्ग, वि.सि.यो. रोड, कान्छी रोड, लमही गल्ली र हाइवे सडक छेवैमा दाउरा बाल्न थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। बढ्दो चिसोबाट स्थानिय र यात्रुवर्ग लाई जोगाउन तत्काल राहतको कार्यक्रम सुरु गरिएको हो । लमही नगरपालिका, ५ नं.को वडा कार्यालय, नेपाली सेना ज्याला दल गण, वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा गण अर्जुन खोलाको समन्यमा लमही क्षेत्रमा दाउरा बालिएको हो । बजार क्षेत्रका आवश्यक स्थानमा दाउरा वितरण गरिरहेका छौँ ।’

Facebook Comments