• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्यान महासंघद्वारा डा. शैलेन्द्र गिरी सम्मानित




दाङ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले विज्ञान, शिक्षा, अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै डा. शैलेन्द्र गिरीलाई सम्मान गरेको छ।

क्यान महासंघ नेपालको ३२औँ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा क्यान महासंघ, दाङ शाखाका संस्थापक अध्यक्ष तथा क्यान महासंघका पूर्व केन्द्रीय समिति सदस्यसमेत रहनु भएका डा. गिरीलाई सम्मानपत्र प्रदान गरिएको हो। उत्कृष्ट नेतृत्व क्षमता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टताप्रतिको आजीवन समर्पण र नेपालको आइसीटी क्षेत्रको विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै महासंघले उहाँलाई सम्मान गरेको जनाएको छ।

प्रतिष्ठित शिक्षाविद्, अनुसन्धानकर्ता तथा नवप्रवर्तक डा. गिरी Asian Scientist 100 (2025) सूचीमा समावेश भई नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित गर्न सफल भएका व्यक्तित्व हुन्।

वर्ल्ड रिसर्च काउन्सिलका पूर्व कार्यकारी सदस्यका रूपमा तथा विभिन्न राष्ट्रिय संस्थाहरूमा निर्वाह गर्नुभएको भूमिकामार्फत उहाँले नेपाल तथा एशियामा शिक्षा, ICT र सार्वजनिक प्रशासनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रदान गरिएको राष्ट्रिय क्षेत्रमा उत्कृष्टता पुरस्कार ICT सहित यूएई, जापान र बेलायतबाट प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारहरूले पनि उहाँको योगदानलाई पुष्टि गर्छन्।

सम्मान ग्रहणपछि डा. शैलेन्द्र गिरीले क्यान महासंघप्रति आभार व्यक्त गर्दै भने, “यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको शिक्षा, अनुसन्धान र ICT क्षेत्रलाई अघि बढाउने सामूहिक प्रयासको सम्मान हो। आगामी दिनमा पनि ज्ञान, नवप्रवर्तन र प्रविधिमार्फत देशको समृद्धिमा योगदान गर्न अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।” उहाँले युवापुस्तालाई अनुसन्धान र प्रविधिमा आकर्षित गर्न राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिनुभयो।

Facebook Comments