• १० पुष २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उपकुलपतिमाथि भएको दुव्र्यवहारप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण




घोराही । जिल्लामा क्रियाशील विद्यार्थी संगठनहरुले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

आइतबार बिहान उपकुपतिको निवास बेलझुण्डीमा उपकुपति नेपाल, उहाँका सचिव  चोलेन्द्र रिजाल तथा कर्मचारी संगठनका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि अज्ञात समूहद्वारा गरिएको आक्रमण तथा दुव्र्यवहारप्रति विद्यार्थी संगठनहरुले गम्भीर ध्यानाकर्षण जनाएको हुन् ।

नेपाल विद्यार्थी संघ, दाङका अध्यक्ष कुलराज पोख्रेल, अनेरास्ववियु, दाङका सचिव सविन पोख्रेल, अखिल (क्रान्तिकारी), दाङका अध्यक्ष गोविन्द मल्ल र राप्रवि संघ, दाङका अध्यक्ष मुस्कान पोख्रेलले आइतबार साँझ एक संयुक्त वक्तव्य जारी गर्दै संस्कृत विश्वविद्यालयका उपकुपतिको निवास क्षेत्रमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउनुभएको छ ।

‘विश्वविद्यालय जस्तो पवित्र स्थलमा जिम्मेवार तथा सम्मानित व्यक्तिहरुमाथि गरिएको यस प्रकारको आक्रमण तथा दुव्र्यवहारको घोर घत्सना गर्दछौं, वक्तव्यमा भनिएको छ – यो एउटा शैक्षिक तथा प्राज्ञिक व्यक्तिहरुमाथि गरिएको अपमान मात्र होइन्, समग्र शैक्षिक प्रणाली तथा लोकतान्त्रिक मूल्यमान्यतामाथि गरिएको आक्रमण हो । यस घटनाले शैक्षिक वातावरणलाई आतङ्कित बनाउने र शिक्षाको गुणस्तर नै धरापमा पार्ने गम्भीर खतरा उत्पन्न भएको छ ।’

साथै, घटनामा संलग्न जो कोहीलाई तत्काल पहिचान गरी कानून बमोजिम कारबाही गर्न नेपाल सकारसहित सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरेको कुरा संयुक्त विज्ञप्ति उल्लेख गरिएको छ ।

Facebook Comments