घोराही। राप्ती शिक्षा क्याम्पस घोराहीमा बिएड प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। बिएड दोस्रो वर्षका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा नयाँ विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख हुकुम बुढाथोकी र विशिष्ट अतिथि सहायक क्याम्पस प्रमुख गणेश कुमार खड्का रहेका थिए। कार्यक्रमको संयोजन विद्यार्थी चन्द्रबहादुर डाँगीले गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यार्थी टार्जन बुढाथोकी र अन्जना रोकाले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी चित्र रोका क्षेत्री र देव बि कले व्यक्त गरेका थिए। स्वागत ग्रहण मन्तव्य शिक्षक डा. खेमराज मल्ल तथा विद्यार्थी पवल महर, वर्षा नेपाली र मन्जु पुनले राखेका थिए।

क्याम्पस प्रशासनका अनुसार यस वर्ष बिएड प्रथम वर्षमा साढे दुई सय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये अस्सीभन्दा बढी विद्यार्थी गणित विषयका छन्। गाउँ–गाउँमा गणित शिक्षकको अभाव देखिन थालेसँगै पछिल्ला वर्षहरूमा गणित अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गएको क्याम्पसले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
