मसुरिया । राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टद्वारा उक्त अधिवेशन आह्वान गरिएको हो।
आगामी पौष १३ गते आइतबार बिहान ११ बजे गाउँपालिकाको सभाहल, मसुरियामा अधिवेशन बस्ने गरी मिति र समय तय गरिएको गाउँपालिकाले जनाएको छ।
अधिवेशनमा गाउँपालिकासँग सम्बन्धित विभिन्न नीति, कार्यक्रम, प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सो अधिवेशनमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न गाउँसभाका सम्पूर्ण सदस्यहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ।
गाउँपालिकाको विकास, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउन अधिवेशन महत्वपूर्ण हुने जनाइएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
