• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समन्वयात्मक बैठक




घोराही । नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा तथा स्वास्थ्य निर्देशनालयको समन्वय सहयोगमा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल परिवार नियोजन संघले लुम्बिनी प्रदेशमा सञ्चालन गरिरहेका कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो।

स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन लाल चौधरीको अध्यक्षतामा तथा स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (FP/SRHR) सेवाको पहुँच, गुणस्तर र निरन्तरताबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल परिवार नियोजन संघअन्तर्गत सञ्चालन भइरहेको FPAN ECCD परियोजना (Expanding Client-Centred FP/SRHR Service Delivery) का गतिविधिहरूबारे विशेष जानकारी दिइएको थियो। परियोजनामार्फत ग्राहक–केन्द्रित FP/SRHR सेवाको विस्तार गर्दै सिमान्तकृत, पिछडिएका तथा पहुँचबाट टाढा रहेका समुदायसम्म गुणस्तरीय सेवा पुर्‍याउने उद्देश्यले विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

छलफलका क्रममा ECCD परियोजनाले सेवा प्रदायकहरूको क्षमता विकास, परिवार नियोजन सेवाको निरन्तरता सुनिश्चित गर्न नियमित आपूर्ति व्यवस्थापनमा सहयोग, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य सुदृढीकरण तथा सरकारी निकाय, स्थानीय तह र सरोकारवाला संघ–संस्थाबीच प्रभावकारी समन्वय गर्दै आएको उल्लेख गरिएको थियो।

बैठकमा नेपाल परिवार नियोजन संघका पाल्पा, दाङ, रुपन्देही, नवलपरासी र बाँके शाखाबाट प्रदान गरिँदै आएका सेवा तथा कार्यक्रमहरूको बारेमा नेपाल परिवार नियोजन संघ दाङ शाखाका प्रबन्धक बसन्त खनालले विस्तृत जानकारी गराउनुभएको थियो।

कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका कुमार थापाले गर्नुभएको थियो। बैठकले सरकारी तथा गैरसरकारी निकायबीच समन्वयलाई अझ सुदृढ बनाउँदै लुम्बिनी प्रदेशमा FP/SRHR सेवाको प्रभावकारी विस्तारमा योगदान पुर्‍याउने निष्कर्ष निकालेको छ।

Facebook Comments