घोराही । घोराहीमा सञ्चालित गोर्खा लोटस बुट क्याम्पले औपचारिक रूपमा तालिम कार्यक्रम सुरु गरेको छ । मंसिर एक गतेबाट कक्षा संचालनमा ल्याएको क्याम्पले शुक्रबार एक औपचारीक कार्यक्रमका बीच उद्धाटन गरेको हो ।
क्याम्पका अध्यक्ष तथा संचालक बलबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले रिवन काटेर उद्धाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले क्याम्पद्वारा सुरु गरिएको पहलको उच्च प्रशंसा गर्नुभयो । उँहाले भन्नुभयो— “युवालाई सही दिशामा लैजान यस्ता तालिम केन्द्रहरू अत्यन्तै आवश्यक छन्। शारीरिक र मानसिक रूपमा सक्षम बनाउँदै राष्ट्रसेवामा प्रवेश गराउने प्रयास प्रशंसनीय छ।”उँहाका अनुसार बुट क्याम्पहरूले बिभिन्न क्षेत्रमा आत्मनिर्भरता, रोजगार र कौशल विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछन् ।
त्यस्तै, कार्यक्रममा प्राडा सुदीप गौतमले युवालाई राष्ट्रको मेरुदण्ड भन्दै सही तालिम र मार्गदर्शन आवश्यक रहेको उल्लेख गर्नुभयो । उँहाले भन्नुभयो “गोर्खा लोटस बुट क्याम्पले युवालाई अनुशासन, आत्मविश्वास र सकारात्मक सोचतर्फ उन्मुख गराउने छ । केवल तालिम होइन, चरित्र निर्माणमा पनि यसको भूमिका महत्त्वपूर्ण रहनेछ।”डा। गौतमले बताउनुभयो ।
क्याम्पका अध्यक्ष तथा संचालक बलबहादुर बुढाले प्रशिक्षणमा सहभागी हुन टाढाबाट आउने युवालाई लक्षित गर्दै सुविधासम्पन्न होस्टेलको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार सुरक्षित, अनुशासित र प्रेरणादायी वातावरण सिर्जना गर्दै युवालाई प्रतिस्पर्धी बनाउन क्याम्प प्रतिबद्ध रहेको छ । क्याम्पले युवाको क्षमता, आत्मविश्वास र अनुशासन अभिवृद्धि गरी उनीहरूलाई नेपाल पुलीस , आर्मी ,शसस्त्र पुलीस, ब्रिटिश आर्मि र सिंगापुर पुलीस फोर्स लगायत सुरक्षासम्बन्धी सेवामा प्रतिस्पर्धी बनाउन लक्ष्य राखेको छ । उहाँले क्याम्पले समुदायसँग सहकार्य गर्दै सुरक्षा, सचेतना र नेतृत्व विकासमा समेत योगदान पुर्याउने बताउनुभयो। साथै क्याम्पले बाहिरी जिल्लाबाट आउने प्रशिक्षार्थिहरुको लागि सुबिधा सम्पन्न होस्टेलको ब्यबस्था समेत बताउनुभयो ।
न्यून वर्गका परिवारले पनि तालिम लिन सक्ने गरी खाना तथा बस्नेको प्रबन्ध गरिएको संचालकको भनाइ छ । यस्तै, क्याम्पमा अनुभवी प्रशिक्षकद्वारा वैज्ञानिक र व्यवस्थित तालिम प्रदान गरिने, युवालाई रोजगार तथा सेवातर्फ प्रेरित गरिने, साथै स्थानीय संघ–संस्था र समुदायसँग मिलेर क्षेत्रीय विकासमा सहकार्य गरिने जानकारी दिइएको छ । केन्द्रले युवाहरूको क्षमता, आत्मविश्वास र अनुशासन विकासमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखेको छ। युवाहरूलाई शारीरिक, मानसिक तथा नैतिक रूपमा सक्षम बनाउँदै प्रतियोगितामा सफलता हासिल गर्न सहयोग गर्ने , स्थानीय समुदायसँग सहकार्य गर्दै सचेतना, अनुशासन र सुरक्षा अभिवृद्धिमा सहकार्य गर्ने , अनुभवी प्रशिक्षकको मार्गदर्शनमा व्यवस्थित र वैज्ञानिक तालिम प्रदान गर्ने व्यवस्था गरिने , रोजगार, सेवा तथा नेतृत्व क्षमतातर्फ प्रेरित गर्दै उनीहरूलाई समाजका जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याउने र संघ–संस्था, उद्योग वाणिज्य समुदाय तथा स्थानीय नेतृत्वसँग समन्वय गरी क्षेत्रीय विकासमा योगदान पुर्याउने लगायतका लक्ष रहेका छन् । आजको यो दिन केवल एक प्रशिक्षण केन्द्रको उद्घाटन मात्र होइन यो हाम्रो सामूहिक संकल्प, हाम्रो भविष्यप्रति गरिएको लगानी र सुरक्षित, अनुशासित तथा सक्षम समुदाय निर्माणको यात्राको सुरुवात भएको संचालकले बताएको छ ।
कार्यक्रममा भूतवुर्व प्रहरी संगठनका कोषाध्यक्ष पुर्व प्रहरी नायव निरीक्षक घनश्याम केसी , समाजसेवि रुपक थापा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार दीपक वलीले गर्नुभएको थियो । घोराहीमा सुरु भएको यो बुट क्याम्प दाङका युवाका लागि महत्त्वपूर्ण अवसरका रूपमा उदाइरहेको आयोजकहरूले विश्वास व्यक्त गरेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
