घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङको राजनीतिक तथा वैचारिक प्रशिक्षण घोराहीमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ताका लागि आयोजित वैचारिक प्रशिक्षण कार्यक्रम शुक्रबार घोराहीस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य दिँदै पार्टीका पोलिटब्यूरो सदस्य शीतल सीले हरेक नेताकर्याकताले आफ्नै निम्ति भएपनि संगठनमा मान्छे आवद्ध गर्नु, उनीहरुलाई क्रियाशील तुल्याउनु र उनीहरुसँग भएको समस्या समाधान गर्नु एकप्रकारको क्रान्ति र विजयी भएको बताउनुभयो । उहाँले देश अहिले अत्यन्त अप्ठारो स्थितिमा भएको र देश हिजो जुन प्रकारको स्थितिमा भएपनि देश आज फरक स्थितिमा भएको समेत बताउनुभयो । ‘जेनजी विद्रोह पछि देश फरक अवस्थामा छ, उहाँले भन्नुभयो – हामीले देशप्रति अलिकति वेवास्ता गर्ने वित्तीकै देश ढेल्ने स्थितिमा पुग्दैछ । त्यसलै हामीले शासकहरुको बीचमा गएरपनि उनीहरुलाई खबरदारी गरिरहेका छौं । शासकहरुलाई सचेत गराउन हामीहरुले प्रयत्न गरिरहेका छौं ।’
जेनजी बिद्रोहले देशका पुराना शासकहरुलाई ढालिदिएको भएतापनि विदेशी प्रतिनिधहरुले नयाँ शासक ल्याएको नेता शीतलले बताउनुभयो । जेनजीहरुलाई झुक्याएर सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिक सरकार पुरानै शासकहरुको बिजारोपन भएको उहाँले बताउनुभयो । नेपालको कानूनअनुसार कार्की नेतृत्वका सरकार वैधानिकता नभएको हुँदा त्यसको विकल्पमा सर्वपक्षीय अन्तरिम सकार गठन गरेर अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको माग रहेको समेत उहाँले भनाइ थियो ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सविन सीले असल कम्युनिस्ट पार्टी र असल नेता बिना देशलाई स्तरीय बनाउन नस्किने उहाँले बताउनुभयो । उहाँले कम्युनिस्टको भाव, विचार र नीति बुझ्ने र त्यही नीति अनुसार आफूलाई ढाल्न सक्ने मान्छे नेपालको कम्युनिस्ट पार्टी नेता र कार्यकर्ता हुने बताउनुभयो । त्यो बाहेक सबै कोही समर्थक, शुभेच्छुक, आलोचक र जनता हुने उहाँको जोड रहेको थियो । `आज देशले जुन निकास खोजेको छ, त्यो निकास हाम्रो पार्टीबाट सम्भव छ, उहाँले भन्नुभयो – हाम्रो पार्टीको नेतृत्वबाट सम्भव छ र हामीले गर्न सक्छौं ।´
पार्टीले आगामी निर्वाचनमा जाने गरी निर्वाचन आयोगमा दल दर्ता गरेर गुलावको फूल चुनाव चिन्ह ल्याएको स्मरण गराउँदै यो चुनाव जित्ने र हार्नेसँग नभएर राजनीतिकसँग भएको उहाँले बताउनुभएको थियो । नेकपा (माओवादी)को प्रतिस्पर्धा भनेको अहिले विद्यामान संसदवादीको दलहरुसँग भएको कुरा जोडदिँदै आत्मविश्वासका साथ जनताको बीचमा गएमा उथलपुथल गर्ने सकिने भएको हुँदा नेताकार्यकर्ताहरु ढुक्क भएर जनतासामु जानुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने र आवश्यक परे पार्टीसँग मिल्ने शक्तिहरुसँग मिलेर भएपनि निर्वाचनमा जाने उहाँले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा जनवर्गीय संगठनका लुम्बिनी पदेशका फ्याक्सन इञ्चार्ज सम्झना सीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा दर्ता भएर गुलाव चिन्ह लिएर आएसँगै नेताकार्यकर्ताको जिम्मेवारी बढेको बताउनुभयो । उहाँले पार्टीले माओवादीको इतिहासलाई आत्मसात गर्दै माओवादीको त्याग र समर्पणलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यलेसहित निर्वाचन आयोगमा पार्टी दर्ता भएको बताउनुभयो । देश नेकपा (माओवादी) मय हुनुपर्ने भन्दै पार्टी महत्वपूर्ण कार्यदिशाका साथ अगाडी बढेको हुँदा त्यसतर्फ पार्टीका नेताकार्यकर्ताहरुको ध्यान केन्द्रीय हुनुपर्ने समेत उहाँको भनाइ थियो ।
पार्टीका केन्द्रीय सदस्य पाटन सीले नेपालमा भएको सबै कम्युनिस्टको दायित्व आफ्नो पार्टीमा आएको बताउनुभयो । उहाँले पूँजीवादीहरुले नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्न खोजेको कुरामा जोडदिँदै नेपालबाट कम्युनिस्टको रक्षा गर्ने दायित्व नेकपा (माओवादी) आइपुगेको र त्यसका लागि पार्टीको संगठन स्वरुपलाई मजबुत बनाउनुपर्ने बताउनुभयो । पार्टी आगामी निर्वाचन भाग लिने गरी अगाडी बढेको र चुनाव पनि क्रान्तिको एउटा मोर्चा भएको उहाँले बताउनुभयो । नेपालमा कम्युनिस्ट सभ्यता स्थापना गर्नुपर्ने र त्यो सभ्यता भनेको संस्कार भएको हुँदा पार्टीका कमिटी सदस्यहरु गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । पार्टीले नेपाली विशेषताको समाजवादमा जानका लागि पार्टी र संगठनलाई मजबुत बनानुपर्ने उहाँले बताउनुभयो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले प्रशिक्षण कार्यक्रमको बारेमा जानकारी दिँदै पाँचौ आवधिक योजनाको प्रथम पूर्ण बैठकले लिएको योजना तथा कार्यक्रमहरुलाई नेताकार्यकर्ताहरुले दृढतापूर्वक लागू गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी जनताको आकर्षणको केन्द्रमा रहेको हुँदा पार्टीले ल्याएका आवधिक योजनाका बारेमा गम्भीर ढंगले सोच्नुपर्ने समेत बताउनुभयो । अब पार्टीलाई रिफान्ड गर्दै अगाडि बढ्ने भएको हुँदा सबै पार्टी कमिटीका सदस्यहरुले समक्ष र सकारात्मक रुपले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँको भनाइ थियो ।
अशोका सीको स्वागत मन्तव्यबाट सुरुभएको प्रशिक्षण कार्यक्रमको सञ्चालन पार्टी घोराही नगरका सेक्रेटरी माहन सीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
