• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यार्थीद्वारा खाजाको पैसा बचाएर अग्निपीडितलाई सहयोग




तुलबहादुर कवँर मगर
सिसहनियाँ । दाङको राप्ती गाउँपालिका–५ पहडवामा रहेको बालकल्याण आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कल र बिहानी बाल क्लबका विद्यार्थीहरूले आगलागी पीडित परिवारलाई सहयोग गरेका छन्।

विद्यार्थीहरूले दैनिक खाजाको रकम बचत गरी मंसिर ४ गते कुखुरा फर्ममा भएको आगलागीबाट प्रभावित सोही विद्यालयका छात्रा समीक्षा तिवारीका अभिभावकलाई शुक्रबार १ हजार ७ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका हुन्।

सो रकम हस्तान्तरण कार्यक्रममा जुनियर रेडक्रस सर्कलका शिक्षक लक्ष्मी थापा र बिहानी बाल क्लबका संयोजक शिक्षक आशिष शाहले सहजीकरण गर्नु भएको थियो।

विद्यालयका प्रधानाध्यापक अनुपम योगीका अनुसार, विद्यार्थीहरूको सानो प्रयासले पनि ठूलो मानवीय सहयोग बन्न सक्छ। कार्यक्रममा दुबै समूहका विद्यार्थीहरूले सक्रिय सहभागिता देखाएका थिए।

Facebook Comments