घोराही । घोराही उपमहागनरपालिका– १७ क्वाडीस्थित प्राथमिक विद्यालयले महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । विद्यालयले विद्यालयको वृहत्तर विकासका लागि मंसिर आठ देखि १५ गतेसम्म सञ्चालन गरेको श्रीमद्भावगत धनधान्यञ्चल सप्ताह ज्ञान महायज्ञमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको हो । विद्यालयले बिहीबार विद्यालयको प्रांगणमा पत्रकार सम्मेलनमार्फत महायज्ञको आयव्यय सार्वजनिक गरेको थियो ।
महायज्ञ मूल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेमन्ता पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञका निर्देशक श्रीधर शर्मा पौडेलले महायज्ञको आयव्यय सार्वजनिक गर्दै विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर विकासका लागि मंसिर आठ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ज्ञान महायज्ञबाट सोचको भन्दा राम्रो आम्दानी संकलन भएको जानकारी दिनुभएको थियो । उहाँले महायज्ञबाट ४१ लाख ९५ हजार एकसय १५ रुपैयाँ आम्दानी भएको बताउनुभयो । साथै, महायज्ञ सञ्चालन अवधिभर १० लाख ६५ हजार एक सय ४५ रुपैयाँ खर्च भएको समेत उहाँले बताउनुभयो । महायज्ञबाट संकलन भएको आम्दानीबाट सबै खर्च कटाएर हालसम्म ३१ लाख २९ हजार नौसय ७० रुपैयाँ रकम बचत भएको उहाँले जानकारी दिनुभएको थियोे ।
निर्देशक पौडेलले महायज्ञबाट आम्दानीतर्फ नगदी रसिदबाट ३६ लाख सात हजार एकसय ४२ रुपैयाँ, दान पेटीकाबाट २१ हजार नौसय आठ रुपैयाँ, धान बिक्रीबाट चार लाख २५ हजार दुई सय ६५ रुपैयाँ र कलश बिक्रीबाट एक लाख ४० हाजर आठ सय रुपैयाँ संकलन भएको बताउनुभयो । विद्यालयलले दिएको आयव्यय विवरण अनुसार खर्चतर्फ महायज्ञ सञ्चालन अवधिभर प्रमाणपत्रका लागि फ्रेम खरिदमा २१ हजार, भिडियो निर्माण खर्चमा ३५ हजार, ब्याच खरिदमा तीन हजार चारसय २५, भान्साका लागि दुध घ्यु, धागो खरिदमा पाँच हजार चार सय ५४, पूजा सामाग्री खरिदमा १९ हजार दुई सय ५०, बत्तीका लागि घ्यु र धागो खरिद चार हजार पाँच सय ४५, नेपालगञ्जदेखि पण्डितलाई गाडी भाडा नास्तामा १३ हाजर तीनसय ३०, फूलमाला खरिदमा २९ हजार छसय खर्च भएको छ ।
त्यस्तै पिउने पानी खरिद सात हजार सात सय ३०, कलश खरिदमा ८२ हजार चार सय ६५, खाना खर्च (पण्डित तथा कलाकारहरुलाई २८ हजार आठ सय ६५, भाडा माझ्नेलाई ज्याला दिएको चार हजार पाँच सय, सामान धुवानी खर्च दुई हजार, चडाउने खुल्ला पैसा १३ हजार पाँच सय, फलफूल खरिदमा पाँच हजार छसय, पण्डितहरु, कलाकार, टेन्ट, साउड सिस्टम खर्च सात लाख, पण्डितहरुलाई टिका दक्षिणामा १९ हजार दुई सय ४५, कलाकार, प्राविधिक टिका दक्षिणामा १२ हजार ४० रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी श्रीङ्गार सामान खरिदमा चार हजार चार सय ६५, सिलिण्डर ग्याँस खरिदमा तीन हजार नौ सय ६०, इन्धन खर्चमा पाँच हजार छसय, प्रचारप्रसार खर्चमा ११ हजार, पत्रकार सम्मेलन खर्चमा एक हजार आठ सय २५,स्टेसनरी खर्चमा १३ हजार छसय ६५, जरीमाला झण्डा र पेनड्राइभमा चार हजार छसय ४०, फोटो कपी र टाइपिङमा एक हजार, धारपानी मन्दिरबाट सिक्का भाडामा ल्याउदा एक हजार पाँच सय र यातायात प्लेन टिककमा नौ हजार नौसय ५५ रुपैयाँ खर्च भएको छ ।
महायज्ञमा घोराही – १७ उज्ज्वल टोल निवासी हाल युकेदेखि लिलाधर कवँर र मिना कवँरले आफ्नो जेठानको अनुरोधमा विद्यालयलाई एक लाख ८१ हजार एक सय ११ रुपैयाँ दान दिनुभएको समेत मूल आयोजक समितिले बताएको थियो ।
सबै पक्षको आपसी साथ र सहयोगमा महायज्ञ पूर्ण रुपमा सफल भएको महाज्ञय मूल आयोजक समितिले जानकारी दिएको थियो । महायज्ञबाट संकलन भएको आम्दानीबाट सबै खर्च कटाएर बचेको रकमलाई विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको विकासमा खर्च गरिने भएको छ । बचत भएको रकमलाई पारदर्शी ढंगबाट अगाडि बढाउनका लागि विद्यालयमा सबैलाई समेट्न गरी निर्माण समिति गठन गरी विद्यालयको बृहत्तर विकासका लागि प्रक्रिया अगाडि बढाइने समेत विद्यालयले जनाएको छ ।
महायज्ञका आर्थिक उपसमितिका संयोजक बालाराम वलीको स्वागत मन्तव्यबाट सुरुभएको पत्रकार सम्मेलनको सञ्चालन विद्यालयका प्रधानाध्यापक खड्गबहादुर वलीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
