दुधरास । प्रविधि सहज लैङ्गिकतामा आधारित हिंसा न्युनिकरण सम्वन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । परिवार नियोजन दाङ शाखाको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक विद्यालय दुधरासमा सम्पन्न भएको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रममा विद्यालयका कक्षा ९, १० , ११ र १२ किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बढ्दो प्रविधिको विकास र उपयोगितासँगै किशोर किशोरीहरुले प्रविधि प्रयोग, उपलब्धी र सम्भावित जोखिमका बारेमा प्रशिक्षणात्मक विषयवस्तुु प्रस्तुुत गरिएको थियो । प्रविधिमा आधारित हिंसा, साइबर जोखिम, यौनिकता शिक्षाको आवश्यकता र सुरक्षित प्रविधिमैत्री व्यवहारका बारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा बृहत् यौनिकता शिक्षाका मुख्य पक्षहरू व्यावहारिक उदाहरणसहित प्रस्तुत गरियो। सहभागीहरूलाई सहमतिको महत्व बुझाइँदै व्यक्तिगत सीमाना, सम्मानजनक व्यवहार, सुरक्षित सम्बन्ध निर्माण तथा सहमति बिना कुनै पनि व्यवहार स्वीकार्य नहुने कुरा स्पष्ट पारिएको थियो । यस्तै, लैंगिक समानता सम्बन्धी सिकाइले सबै लिङ्गका अधिकार, समान अवसर र सम्मानको मूलभूत महत्वबारे युवालाई झनै संवेदनशील बनाउने अपेक्षा राखिएको थियो ।
उक्त कार्यक्रममा परिवार नियोजन संघ दाङ शाखाका प्रवन्र्धक बसन्त खनालले किशोरावस्थाको मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यका विषयमा तनाव व्यवस्थापन, दबाब सामना गर्ने उपाय, भावनात्मक नियन्त्रण तथा सकारात्मक सोच विकास गर्ने विधिहरूको छनोट र प्रयोगका बारेमा जानकारी दिनुु भएको थियो ।
यौनिक तथा प्रजनन स्वास्थ्य शिक्षामा सुरक्षित यौन व्यवहार, यौनजन्य संक्रमणको रोकथाम, अधिकार–जिम्मेवारी, प्रजनन स्वास्थ्यका प्रमुख पक्षहरूका साथै प्रविधिमैत्री सुरक्षा र प्रभावबारे जानकारी गराउनुुका साथै सामाजिक सञ्जालमा गोपनीयता जोगाउने उपाय, गलत पहिचान र पहिचान गर्ने तरिका तथा साइबर धोखाधडीबाट बच्ने सीपहरू पनि कार्यक्रमको महत्वपूर्ण विषय राखिएको थियो । जसका विद्यालयका विद्यार्थीहरुले किशोरावस्थामा पर्न सक्ने लैङ्गिकता हिंसा र प्रविधिमा आधारित हिंसा बारे खुल्ला छलफल समेत गरेका थिए । कार्यक्रममा विद्यालयका करिव एकसय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
