• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौथो प्याव्सन घोराही रनिङ शिल्डमा ५८ विद्यालय सहभागी हुने




घोराही। “खेल जीवनको अभिन्न अवयव हो” भन्ने मूल नाराका साथ घोराहीमा आयोजना हुने चौथो प्याव्सन घोराही रनिङ शिल्ड–२०८२मा ५८ विद्यालय सहभागी हुने भएका छन्। घोराही नगर प्याव्सनको आयोजनामा मंसिर चौबीस, पच्चिस, छब्बीस र सत्ताइस गते घोराहीको नवलपुर खेल मैदानमा हुने प्रतियोगितामा ५८ विद्यालय सहभागी हुने घोराही प्याव्सनका अध्यक्ष बालकृष्ण ओलीले जानकारी दिनुभयो।

रनिङ शिल्डमा संस्थागत विद्यालयतर्फ कक्षा दससम्म अध्ययन गर्ने विद्यार्थीहरूले भलिबल, कबड्डी, दौड, जम्पलगायतका विभिन्न अठतीस इभेन्टमा प्रतिस्पर्धा गर्ने छन्।

विद्यार्थीको पढाइसँगै खेलकुदबाट समयको महत्व, अनुशासन, समूह कार्य, शारीरिक तन्दुरुस्ती र चौतर्फी विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष ओलीले बताउनुभयो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्याव्सन घोराहीले जनाएको छ। सो संस्थाले प्रतियोगिता अवलोकनका लागि सबै अभिभावकलाई आमन्त्रण गरेको छ।

Facebook Comments