• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने अनलाइनकर्मी हिमाल महरा पितृशोकमा




दाङ। दाङको घोराहीबाट सञ्चालित सिस्ने अनलाइनका प्रबन्धक तथा नेपाल प्रेस युनियन दाङका कार्यसमिति सदस्य पत्रकार हिमाल महरा पितृशोकमा परेका छन्। लामो समयदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय महरा बुबाको असामयिक निधनपछि गहिरो शोकमा छन्।

महराका पिता गिरबहादुर महराको मंसिर २२ गते बिहान ५ः१७ मिनेटमा ६१ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ। केही महिनादेखि स्वास्थ्य समस्या देखिएपछि उपचाररत रहेका उनलाई निरन्तर उपचार गरिए पनि ज्यान जोगाउन नसकिएको परिवारले जनाएको छ।

स्वर्गीय महराका तीन छोरी र दुई छोरा छन्। जेठा छोरा सुभाष महरा रोजगारीका लागि विदेशमा रहँदै आएका छन् भने कान्छा छोरा हिमाल महरा दाङमै पत्रकारितामा सक्रिय छन्। बुबाको आकस्मिक निधनपछि दुवै छोराहरू गहिरो शोकमा रहेको परिवारले बताएको छ।

सादा जीवन, मिलनसार स्वभाव र समुदायप्रतिको सकारात्मक दृष्टिका कारण स्वर्गीय महरा स्थानीय बस्तीमा सबैका प्रिय व्यक्तित्व मानिन्थे। छिमेकी, आफन्त तथा समाजसेवीहरूले उनको निधनले एक असल अभिभावक, सहयोगी व्यक्तित्व र मार्गदर्शक गुमाउनुपरेको बताएका छन्।

दाङको पत्रकारिता तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूले हिमाल महरा र सम्पूर्ण महरा परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सिस्ने अनलाइन परिवार बुवाप्रति भावपूर्ण उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

Facebook Comments