• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा यो वर्ष पनि बढ्यो धान उत्पादन




दाङ । दाङमा यो वर्ष पनि धानको उत्पादन बढेकोे छ । जिल्लामा धान उत्पादनको क्षेत्रफल घटबट भएता पनि धान उत्पादन भने निरन्तर रुपमा बढ्दै गएको हो । यस वर्ष जिल्लामा एक लाख ८६ हजार ५३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यो वर्ष जिल्लामा तीन दशमलव ६२ प्रतिशतले धानको उत्पादन बढेका कृषि ज्ञान केन्द्र घोराहीका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले यो वर्ष जिल्लामा ३६ हजार चार सय ८१ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ८६ हजार ५३ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा ३६ हजार दुई सय ९८ हेक्टर जमिनमा धान रोपाइँ भएको र त्यसबाट एक लाख ७९ हजार पाँच सय ३७ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष जिल्लामा छ हजार पाँच सय १६ मेट्रिक टनले बढी धान उत्पादन भएको थियो । वर्षा ढिलो भएता पनि निरन्तर वर्षा हुनु र गत वर्षको तुलनमा यस वर्ष बढी रासायनिक मल खपत हुनाले यो वर्ष धान उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । साथै, किसानहरुले पछिल्लो समय हाइब्रेट र उन्नतजातका धानका विऊहरु प्रयोग गर्ने भएकाले पनि उत्पादनको क्षेत्रफल घटबढ भए पनि वर्षेनी धानको उत्पादन बढ्दै गएको उहाँको भनाइ थियो ।

कार्यालयको तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्ने हो, भने जिल्ला धान रोपाइको क्षेत्रफलमा घटबढ भएको देखिन्छ । तर, धानको उत्पादन भने क्रमशः बढ्दै गएको पाइन्छ । वर्षेनी रुपमा धान उत्पादन हुने क्षेत्रफल घटबट हुँदै गएको भएतापनि धान उत्पादन भने बढ्दै गएको बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा ३७ हजार छसय २८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ४४ हजार दुई सय ६४ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०÷८१ मा ३५ हजार ३ सय ८४ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ६९ हजार एकसय ४४ मेट्रिक टन धान उत्पादन भएको छ, उहाँले भन्नुभयो । गतवर्ष तुलनामा दुई हजार दुई सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइको क्षेत्रफल घटेपनि धानको उत्पादन भने २४ हजार आठ सय ८० मेट्रिक टनले धानको उत्पादन बढेको कार्यालयका सूचना अधिकारी लामिछानेले बताउनुभयो । कृषकहरुले मौसम अनूकुल हाइब्रेट धान प्रयोग गरेको हुँदा उत्पादनमा वृद्धि भएको उहाँको जोड थियो । त्यसैगरी आर्थिक वर्ष २०८१÷८२ जिल्लामा ३६ हजार दुई सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको र त्यसबाट एक लाख ७९ हजार पाँच सय ३७ मेट्रिक टन धान उत्पादन थियो । अघिल्लो वर्षको तुलनमा यो वर्ष नौ सय १४ हेक्टर क्षेत्रफलमा धान रोइपा बढ्दा दश हजार तीन सय ९३ मेट्रिक टनले बढी धान उत्पादन बढेको थियो ।

पछिल्लो समय धान उत्पादनको क्षेत्र घटबढ हुनुको मुख्य कारण भनेको बर्षा नै हो, उहाँले भन्नुभयो । उत्पादन क्षेत्र घटेपनि उत्पादन भने वर्षेनी रुपमा बढ्दै गएको देखिन्छ । कृषकहरुले रासायनिक मलको प्रयोग विगतका वर्षभन्दा बढी मल पाउनु र धानको उन्नत जात र हाइब्रेट धान रोपेपछि उत्पादन बढ्दै गएको उहाँले बतानुभयो । कृषकहरुले खेती गर्ने समयमा मल र पानी समयमै पाएभने धानको उत्पादन अझै बढेर जानेमा उहाँले जोडदिनुभयो । अहिले जिल्लामा रैथाने बाली तिल्की धान रोपाइ गर्ने कृषहरुको संख्या वृद्धि हुँदै गइरहेको समेत उहाँको भनाइ थियो ।

जिल्लामा व्यवसायिक रुपमा धान खेती नलगाएपनि व्यक्तिगत रुपमा घरका लागि धान खेती गर्ने कृषकहरु रहेकोे सूचना अधिकारी लामिछानेले बताउनुभयो । लागतको तुलनमा मूनाफा कम हुने भएकोले कृषकहरु व्यवसायिक धान खेती गर्न उत्साहित नदेखिएको उहाँले बताउनुभयो । व्यवसायिक धान खेती गर्न आम्दानीको हिसावमा लागत बढी रहेको रहेको छ, उहाँले भन्नुभयो । तर, बढी मूल्य पर्ने धान जस्तैः रैथाने बाली तिल्की, सिम्खानो र बास्मतीका धानहरु लगाएर आम्दानीको स्रोत बढाउन सकिने उहाँको जोड थियो ।

Facebook Comments