• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा १७ हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड कार्यालयमै थन्किए




दाङ । दाङमा १७ हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन् । सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्रका कार्ड  नागरिकहरु लिन नआएपछि कार्यालयमा थन्किएका हुन् । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका नागरिकहरुले आफ्नो परिचयपत्रका कार्ड लिन नआउँदा कार्यालयमै थन्किएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

छपाइ भएर कार्यालयमा आएका कार्ड २०७९ सालदेखि वितरणको काम सुरुभएको थियो । चालू आर्थिक वर्षको कात्तिक १७ गतेसम्म कार्ड छपाइ भएर कार्यालयमा आएका ४१ हजार तीनसय ७६ कार्डमध्ये हालसम्म जिल्लामा २३ हजार छसय ५५ वटा कार्डमात्र वितरण भएको कार्यालयका कम्प्यूटर अपरेटर रणधिर कुमार यादवले जानकारी दिनुभयो । कार्यालयमा प्राप्त भएका कार्ड लिन नागरिकहरु नआएपछि अझै १७ हजार सातसय २१ कार्ड कार्यालयमै रहेको उहाँले बताउनुभयो । विभागबाट कार्ड आइसकेपछि कार्यालयमा याक्टिभ गर्ने र त्यससँगै सम्बन्धित व्यक्तिको परिचयपत्रको विवरणमा भएको नम्बर म्यासेज गएपनि कार्ड लिन नआउँदा कार्यालयमै रहेको समेत उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८० भदौ महिनासम्मको बनाएका कार्डहरु कार्यालयमा आएपनि सम्बन्धित व्यक्तिहरुले लिन नआएको उहाँले बताउनुभएको थियो । पछिल्लो समयमा सरकारी कार्यालय तथा अन्य संघसंस्था कार्यालयमा राष्ट्रिय परिचयपत्रमा भएको नम्बरबाटै कामहरु हुने भएकोहुँदा राष्ट्रिय परिचयपत्र कार्डभन्दा पनि परिचयपत्रमा भएको नम्बरको बढी महत्व हुने भएकाले पनि नगरिकहरुले आफ्नो कार्ड लिन नआएको हुनसक्ने उहाँको भनाइ थियो । डकुमेन्ट लेस भएर राष्ट्रिय परिचयपत्रको अवधारणा बनेको छ, उहाँले भन्नुभयो । पछिल्लो समय बैकिंङदेखि सबै क्षेत्रमा राष्ट्रि परिचयपत्र अनिवार्य भइसेको छ ।

कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने नागरिकहरुको सुरुवातीमा खासै नआएपनि नयाँ राहदानीमा परिचयपत्र कार्डको अनिवार्य भएपछि कार्ड बाउने नागरिकहरुको चाप कार्यालयमा बढ्दै गएको अपरेटर यादवले बताउनुभयो । कार्यालयमा परिचयपत्र बनाउने नागरिकको चाप बढ्दै गएपनि कार्ड वितरणमा भने नागरिकको चाप बढ्न नसकेको समेत उहाँले बताउनुभयो । परिचयपत्र बनाउन १६ देखि २० वर्षको उमेर समूहका नागरिकहरु कार्यालयमा धेरै आउने गरेको उहाँको भनाइ थियो । कार्यालयमा आर्थिक वर्ष २०७९ सालदेखि राष्ट्रिय परिचयपत्र बनाउने नागरिकको चाप बढ्दै गएको थियो ।

कार्यालयले दिएको आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिकको तथ्याङ्क अनुसार पनि कार्ड बनाउने नागरिकको घटबढ हुने गरेको भएतापनि कार्ड वितरणमा चाप निरन्तर घढेको छ । कार्यालयले घोराही, तुलसीपुर र लमहीबाट सेवाहरु प्रवाह गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै साउन महिनामा छ हजार पाँचसय ९२ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका थिए । जसमा जिल्ला प्रशासन कार्यालय घोराहीको कार्याबाट दुई हजार चारसय २९, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट दुई हजार आठ सय १९ र इलाका प्रशासन कार्यालय लमहीबाट  एक हजार तीन सय ४४ जनाको विवरण दर्ता भएको थियो । साउन महिनामा  सात सय सात वटामात्र राष्ट्रिय परिचयपत्र कार्ड वितरण भएको थियो ।

त्यस्तै भदौ महिनामा तीन हजार दुई सय सातमध्ये घोराहीबाट दुई हजार दुईसय १७ र लमहीबाट नौसय ९० जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको थियो । भदौ महिनाको २३ र २४ गते भएको जेनजी आन्दोलनबाट इलाका प्रशासन कार्यालय तुलसीपुरको भवनमा क्षति भएको ह्ुँदा तुलसीरबाट परिचयपत्रका लागि दर्ता भएको विवरण आउन नसकेको अपरेटर यादवले बताउनुभयो । कार्यालयबाट भदौ महिनामा तीनसय ९६ परिचयपत्र कार्ड वितरण भएको थियो । कार्यालयमा अघिल्लो महिनाको तुलनामा यो महिनामा तीन हजार तीनसय ८३ कार्ड दर्ता र तीनसय ११ ले कार्ड वितरण घटेको छ ।

त्यसैगरी असोज महिनमा तीन हजार पाँच सय ४४ मध्ये घोराहीबाट एक हजार सात सय ९५, तुलसीपुरबाट आठसय ११ र लमहीबाट नौसय ३८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको थियो । यो महिनामा घोराही कार्यालयबाट तीन सय ५९ र  तुलसीपुरको कार्यालबाट नौ  वटागरी तीन सय ६८ वटा कार्ड वितरण भएको थियो । गत महिनाको तुलनामा यो महिना तीन सय ३७ जनाले दर्ता बढेको छ, भने २८ जनाले घटेको छ ।

प्रथम चौमासिकको कात्तिक महिनामा पाँच हजार चारसय ९६ मध्ये घोराहीबाट दुई हजार तीनसय ४८, तुलसीपुरबाट दुई हजार ८२ र लमहीबाट एक हजार छ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता भएको थियो । कार्यालयबाट कात्तिक महिनामा पाँच सय ४६ वटा कार्ड वितरण भएको थियो । अघिल्लो महिनाको तुलनमा यो महिना एक हजार आठ सय ९२ जनाले कडा दर्ता र एकसय ७८ जनाले कार्ड वितरण बढेको छ । कार्ड बनाउनका लागि दैनिक रुपमा करिब एकसय ३० जनाको संख्यामा नागरिकहरु कार्यालयमा आउने गरेको उहाँले बताउनुभयो । कार्यालयबाट दैनिक रुपमा  करिब ३०÷३५ वटा कार्ड वितरण भइरेका छन् ।

नेपाल सरकारले पहिलो पटक राष्ट्रिय परिचयपत्र कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने गरेको कार्यालयका कम्प्युटर अपरेटर यादवले बताउनुभयो । तर, नागरिकले कार्डमा भएको विवरण संशोधन गर्नुपरेमा कार्ड आउनुभन्दा पहिलेनै संशोधन गर्दा शुल्क नलाग्ने भएतापनि कार्ड आइसकेपछि विवरण संशोधन गर्नुपरेमा पुनः अर्काे कार्ड प्रिन्टका लागि पाँचसय रुपैयाा शुल्क लाग्ने समेत उहाँले जानकारी दिनुयभो ।

आर्थिक वर्ष २०७१/७२ कोे १३ औं योजनामा अर्थमन्त्रालयले बजेट दिएर राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि बढेको र आर्थिक वर्ष २०७५ मंसिर तीनमा पाँचथर जिल्लाबाट गृहमन्त्री ज्यूबाट एकसय एक वर्षीय भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र दर्ताको औपचारिक रुपमा सुरुभएको थियो ।

Facebook Comments