• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पशुपालनमा पकेट क्षेत्र मानिने दाङको राजपुर गाउँपालिका




श्रवण कुमार यादव
राजपुर। राजपुर गाउँपालिका कृषि एवम् पशुपालनको दृष्टिले लुम्बिनी प्रदेशमै पकेट क्षेत्रको रूपमा मानिने दाङ जिल्लाको एउटा महत्त्वपूर्ण गाउँपालिका हो।

यस गाउँपालिकामा अहिलेसम्म कुनै पनि प्रकारको पकेट क्षेत्रको विकास गरिएको छैन। यस क्षेत्रलाई मौरीपालन पकेट क्षेत्र, खाद्यान्न पकेट क्षेत्र, दलहन बाली पकेट क्षेत्र, तरकारी उत्पादन पकेट क्षेत्र र गाईभैंसी उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने देखिन्छ।

राजपुर गाउँपालिकामा धेरै प्रकारका कृषि उद्यमहरूको सम्भावना रहेको छ। हाल व्यावसायिकतामा जान सकिने बालीहरूमा मुख्य गरी तरकारीहरू जस्तै टमाटर, काउली, बन्दा, करेला, काँक्रा रहेका छन् भने पशुपालनतर्फ कुखुरा, बङ्‌गुर र दुध उत्पादन रहेको छ। साथै व्यावसायिक माछापालनका लागि पकेट क्षेत्रको रूपमा पनि यस क्षेत्रलाई विकास गर्न सकिन्छ। गाउँमा सबै क्षेत्र व्यावसाविक भैंसीपालन, गाईपालन, बाख्रापालन, भेडापालन र दुध उत्पादनका दृष्टिकोणबाट उपयुक्त देखिन्छ। साथै यस क्षेत्रमा मासुका लागि बङ्गुरपालनको पनि उत्तिकै सम्भावना रहेको छ।

गाउँपालिकाले पशुपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । गाउँपालिका पशुपालनका लागि पकेट क्षेत्र भएकाले प्राथमिकता दिँदै आएको हो। गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा. दिपक नेपालीका अनुसार पछिल्लो वर्षको तथ्यांक अनुसार राजपुरमा करिब ५७ हजार हरभरका पशु रहेका छन् । सोमध्ये ८ देखि १० हजार भैंसी, ५ देखि ६ हजार गाईगोरु तथा ३५ देखि ४० हजार बाख्रा, ४ सय देखि ५ सय सम्म भेंडा, ८ सय देखि एक हजार सम्म बंगुर आदि जस्ता पशुपालन रहेको उहाँले बतउनुभयो।

गाउँपालिकाले पशु पालनलाई प्राथमिकतामा राखी पशुपालक किसानलाई लक्षित गर्दै विगत ३ वर्षदेखि भिटा परियोजना अन्तर्गत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै, गोठ तथा खोर निर्माणमा ७० प्रतिशत अनुदान, उन्नत जातका घाँसको बीउ तथा बेर्ना वितरण, ५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन वितरण, निःशुल्क औषधि तथा उपचार, महामारीजन्य रोगविरुद्ध खोप तथा आवश्यक तालिम प्रदानजस्ता कार्यक्रम पालिकाबाट नियमित रुपमा हुँदै आएको उहाँले बताउनुभयो।

“किसानको घर-घरमै पुगेर कृत्रिम गर्भाधान कार्यक्रम पनि सञ्चालन भइरहेको छ जसको प्रभावशाली नतिजाले विगतको जस्तो महँगो शुल्कमा अन्य पालिकाबाट प्राविधिक बोलाउने आवश्यकता हटेको र पशु विमाका लागि प्राविधिकलाई तालिम प्रदान गरिएको छ भने प्रचार-प्रसारमार्फत किसानलाई सचेत गराउँदै विमा प्रक्रियामा जोड दिइएको छ,” डा. नेपालीले बताउनुहुन्छ। पशुपंछी शाखामा स्थायी दरबन्दीका प्राविधिकहरू कार्यरत छन् भने थप तीन जना करारमा पनि खटिएका छन्। राजपुर गाउँपालिकाबाटै दुध तथा गोबरको परीक्षण सेवा समेत उपलब्ध छ।

Facebook Comments