• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु




मधुसुदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा लैङ्गिग हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । सोमबार देखि वडा नम्बर १ बाट यो अभियान सुरु भएको हो । बंगलाचुली गाउँपलिका वडा नम्बर १ का वडा अध्यक्ष विष्णु कवरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा अभियानको सुरु गरिएको हो ।

अभियानको प्रशिक्षकको रुपमा बंगलाचुली गाउँपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता किरण पौडेल रहनुभएको थियो ।कार्यक्रममा वडा नम्बर १ का करिब ५० जनाको सहभागिता रहेको थियो । कार्यपालिका सदस्य चित्रा दमाइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका महिला बालबालिका शाखा प्रमुख कल्पना केसिले गर्नुभएको थियो ।अभियान अन्तर्गत आज वडा नम्बर ६ मा कार्यक्रम हुदै छ ।क्रमश सम्पर्ण वडामा अभियान सञ्चालन हुने महिला बालबालिका शाखा प्रमुख कल्पना केसिले जानकारी दिनुभयो। अभियान मंसिर २४ गतेसम्म चल्ने छ । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ ।

संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस विसं २०५४ सालदेखि मनाउन थालिएको हो ।

Facebook Comments