• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती समाज दक्षिण कोरियाको भेटघाट कार्यक्रम




चन्द्रप्रकाश नेपाली
सुवन, दक्षिण कोरिया

राप्ती समाज दक्षिण कोरियाद्वारा आयोजित राप्तीबासीहरूको भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम आइतबार नोभेम्बर तेस्रो–तीसमा सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा भव्यतापूर्वक सम्पन्न भयो । कोरियाका विभिन्न सहरमा बसोबास गर्दै श्रम, व्यवसाय तथा शिक्षा क्षेत्रमा सक्रिय राप्तीबासी तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो ।

समाजका अध्यक्ष किसन ओलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा समाजका संरक्षक वीरकुमार ओली प्रमुख अतिथि रहनुभयो । विशिष्ट अतिथिमा संरक्षक एमलाल ओली, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष अमृत केसी, सल्लाहकार कमल भण्डारी, डा. कमला ओली साउद, खिमबहादुर थापा र भुव कुसारी रहनुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले निरन्तर सामाजिक योगदान, विगतका गतिविधि तथा आगामी योजनाबारे धारणा व्यक्त गर्दै राप्तीबासीबीचको आपसी सद्भाव, सहयोग र समुदायभावनालाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाए । विदेशमा रहँदा अझ बढी एकता, सहयोग र नियमित भेटघाट आवश्यक रहेको सहभागीहरूले बताए । उक्त समारोहले कोरियामा आफ्नो पहिचान, संस्कार र समुदायसेवामा समर्पित राप्ती समाजलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ थियो ।

समाजका विभिन्न विभागमा जिम्मेवारी प्राप्त व्यक्तित्वहरूलाई सम्मानपूर्वक प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, समाजको जिम्मेवारी र कार्यशक्तिलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको निर्वाचन समितिलाई पनि प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमकै अवसरमा सुगम केसीको संयोजकत्वमा विद्यार्थी उपसमिति गठन गरिएको छ, जसले कोरियामा अध्ययनरत राप्तीबासी विद्यार्थीहरूको हित र सक्रिय सहभागितालाई प्रवर्द्धन गर्ने जनाएको छ ।

सन् २००६ मा “हामी जहाँ भए पनि हाम्रो एउटै विशेषता—विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नारासहित स्थापना भएको राप्ती समाजले कोरियामा रहेका राप्तीबासी तथा नेपाली समुदायका लागि निरन्तर सामाजिक सेवा, आपतकालीन सहयोग तथा समुदायमूलक अभियानहरू सञ्चालन गर्दै आएको छ ।

Facebook Comments