घोराही । रुकुमपूर्वका नेताहरुले घोराहीमा रहेका रुकुमपूर्वका विभिन्न सेवा समाजहरुसँग भेटघाट गरेका छन् ।
भेटघाटमा रुकुमपूर्वबाट घोराहीमा आएर बसेका सेवा समाजहरूले सामुदायिक हितका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सबै समाजलाई समेट्ने छाता संगठन आवश्यक रहेको धारणा व्यक्त गरे ।

विभिन्न सेवा समाजका अगुवाहरुले आफ्नो थाँतथलोको विकास–समृद्धिमा योगदान पुर्याउँदै हाल बसोबास गरेको ठाउँमा संस्कार–संस्कृतिको जगेर्नामा नेतृत्वदायी भूमिका निभाइरहेको बताए । सबै सेवा समाजलाई व्यवस्थित गर्दै समग्र जिल्लाको साझा छाता समाज निर्माण गर्न आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य तेजबहादुर ओली, युवा नेता सुबोधराज सेर्पाली, जिल्ला समन्वय समिति रुकुमपूर्वका पूर्वप्रमुख गजेन्द्रबहादुर ओली, युवा नेताहरु प्रवेश पुन, ध्रुवविक्रम ओली, अनिलराज सेर्पाली, चन्द्र रसाइली लगायतको सहभागिता रहेको थियो। कार्यक्रम समन्वय गुनामी समाजका अध्यक्ष सुविन सेर्पालीले गर्नुभएको थियो ।

घोराहीमा रुकुमपूर्वबाट आएका तकसेरा समाज सेवा समिति, लुगुम्याल खाम समाज नेपाल, काँडा समाज, कोर्जाली समाज, महत समाज, गर्खानी फल्नै समाज, कोराल समाज, पूर्वी रुकुम काँक्री खाम मगर समाज, चुनबाँगी समाज, नाखा राँसी समाज, क्याँसी समाज, गुनामी समाज, सिमा समाज र प्वाङ्गेली समाज गरी चौध वटा सामुदायिक सेवा समाज समितिहरू क्रियाशील रहेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
