• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एमबीबीएसमा नाम निकाल्न सफल रोशनीलाई सम्मान




दाङ । दाङको घोराही उपमहानगरपालिका – १० नारायणपुरस्थित सिद्ध रत्ननाथ माद्यामिक विद्यालयले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी रोशनी घर्ती मगरलाई सम्मान गरेको छ ।

विद्यालयले सोमबार विद्यालकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकल्न सफल भएकी रोशनी घर्ती मगरलाई सम्मान गरेको हो ।

विद्यालयमा विज्ञान विषय लिएर २०८१ मा कक्षा – १२ उत्तीर्ण गरेकी छात्रा रोशनीले चिकित्सा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेपछि विद्यालयले घर्तीलाई नगद ३० हजारसहित सम्मानपत्रले सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै रोशनी घर्ती मगरले आज विद्यालयबाट सम्मानित हुँदा आफूले आफूलाई एकदमै गौरवान्वित भएको बताउनुभयो । ‘आज म जुन स्थानमा छु, जे गरिरहेकी छु, त्यो सबै विद्यालय र मलाई पढाउनु हुने गुरुहरुको देन हो, उहाँले भन्नुभयो– ‘मेरा लागि मेरा बुवा–आमाले जति त्याग गर्नुभयो, त्यति त्याग यो विद्यालयले पनि गरेको छ ।’
कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा पढाएर आफूलाई यो स्थानसम्म पुर्‍याएको र  विद्यालयले प्लसटुमा छात्रवृत्तिमा नपढाएको भए आफूले विज्ञान विषय पढ्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।  मेरा गुरुहरुले मप्रति गरेका विश्वास, आस र भरोसाले गर्दा यो सब सम्भव भएको छ । उहाँले भन्नुभयो – ‘म एकदमै खुसी छु । देशमै बसेर नेपालको सेवा गर्न चाहन्छु । यो विद्यालय नाम सधै उच्च राख्ने छु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही – १० का वडाध्याक्ष दिपक पाण्डेले सामुदायिक विद्यालयबाट अध्ययन गरी एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने रोशनीलाई हार्दिक बधाई ज्ञापन गर्दै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि योग्य र समक्ष छन्, भन्ने उदाहरणको पात्र बनेको बताउनुभएको थियो ।

त्यस्तै विद्यालयले गत शुक्रबार  राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले आयोजना गरेको पाँचौं संस्करणको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

विद्यालयले प्रतियोगितामा सहभागी भएर द्वितीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई  सम्मान गरेको थियो । प्रतियोगितामा सहभागी २० वटा विद्यालयहरसँग प्रतिस्पर्धा गर्दै  विद्यालयमा अध्ययनरत विद्यार्थी  सन्तोष जैसी, विपिन चौधरी, भानुभक्त पेङ्ग, अनुप चौधरी र जीवन केसीले ५० अंक प्राप्त गरेर द्वितीय स्थान हासिल गर्नुभएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले पञ्चेबाजासहित ¥याली समेत निकालेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक भूपबहादुर रावतको स्वागत मन्तव्य सुरुभएको कार्यक्रममा विद्यालय विकास परामर्श समितिका संयोजक रमेश अधिकारी, विद्यालयका प्रधानाध्यापक उत्तम कुमार खनाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, विद्यार्थी सविना घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक युवराज बस्नेत गर्नुभएको थियो ।

Facebook Comments