• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा लुम्बिनी प्रदेशद्वारा आयोजित एकता सन्देशसभा सफल, नेता निर्मलद्वारा कृतज्ञता व्यक्त




दाङ । नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशद्वारा आयोजना गरिएको एकता सन्देश सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको मूल व्यवस्थापन समितिका संयोजक तथा पार्टी नेता निर्मल आचार्यले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बताउनुभयाे । उहाँले कार्यक्रम सफल बनाउन योगदान पु-याउने सम्पूर्ण व्यक्तिहरू प्रति विशेषरुपमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई सभा व्यवस्थापन संयोजकको जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वप्रति विशेष कृतज्ञता व्यक्त गर्दै उहाले लेख्नुभएको छ,“सर्वप्रथम, मलाई विश्वास गरि एकता सन्देश सभाको मूल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गर्ने नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेशप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो ऐतिहासिक सभा सम्पन्न गर्न स्वस्फूर्त रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।”

आचार्यले पार्टीका शीर्ष नेताहरू संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह–संयोजक माधवकुमार नेपाल सहित सम्पूर्ण नेतृत्वलाई समेत धन्यवाद व्यक्त गर्दै सभाले अपेक्षाकृत राम्रो सफलता हासिल गरेको उल्लेख गर्नुभएकाे छ। उहाँले सभामा प्रदेशभरिबाट जनसहभागिता उल्लेखनीय रहेको भन्दै उक्त सहभागिताले पार्टीप्रति जनस्तरको विश्वास झन् प्रगाढ भएको बताउनुभयाे।

आयोजक समितिका अनुसार, लुम्बिनी प्रदेशस्तरबाट आएको व्यापक समर्थनले पार्टी गठन तथा भावी राजनीतिक मार्गचित्रलाई थप सुदृढ बनाएको छ। आचार्यले सबै पक्षप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पार्टी जनअपेक्षाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Facebook Comments