• २ चैत्र २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मगर खाम भाषाको कवि गोष्ठी दाङमा सम्पन्न




दाङ । मगर खाम भाषाको कवि गोष्ठी शनिबारर दाङको घोराहीमा सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ दाङको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

आगामी माघ महिनामा “गेमि यम“ नामक पत्रिका प्रकाशन गर्ने गोष्ठीले निर्णय गरेको छ । र त्यसका लागि आफ्ना सम्बन्धित लेख रचना उपलब्ध गराउन समेत आग्रह गरेको छ । मगर खाम भाषासँग सम्बन्धित रहेर साहित्यीक सिर्जना कम भइरहेको बेलामा यो गाष्ठीले मगर खाम साहित्यीक सिर्जनाको विकाससँगै मगर खाम भाषाको समेत संरक्षण हुने अपेक्षा गरिएको छ ।

गोष्ठीमा विष्णु बुढामगर, श्यामसुन्दर घर्तीमगर, एचबी थापामगर र गायत्री थापामगरले मगर खाम भाषामा आफ्ना रचना बाचन गरेका थिए । भने नेपाली खस भाषामा पुरण शर्मा, एम रेग्मी, सुरेशकुमार पाण्डे, मिरा घर्तीमगर लगायतले आफ्ना रचना बाचन गरेका थिए ।

मगर लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर पुनमगरको अध्यक्षता एवं मगर अग्रज साहित्यकार तथा नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक संस्थानका कार्यकारी निर्देशक डाक्टर टिकाराम उदासीको प्रमुख आतिथ्यता रहेको थियो । भने, नेपाल मगर संगका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

गोष्ठीमा राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष एम रेग्मी, प्रगतिशिल लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा लगायतका बालेका थिए । नेपाल मगर संघका केन्द्रीय अनुशासन विभागका संयोजक कर्ण बहादुर बुढामगर, नेपाल मगर संघ दाङका इन्चार्ज शीतलाल पुनमगर, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली लागायत अन्य साहित्यकार तथा बुद्धिजीवीहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

मगर लेखक संघ दाङका सचिव सरस्वती रोकामगरले सञ्चालन गरेको कार्यक्रमको स्वगत तथा गोष्ठीको औचित्यमाथि प्रकाश, उपाध्यक्ष केशव स्थापित घर्तीमगरले गरेका थिए ।

Facebook Comments