नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत विभिन्न कम्युनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा लमहीमा गर्ने भएको छ । सभा दिउँसो १२ बजेदेखि लमहीको बगैचामा सुरु हुने छ ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । सभाको सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभएको छ ।
उहाँले सन्देश सभामा उपस्थित हुन सबैलाई निमन्त्रणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो सभा पार्टीको आगामी दिशानिर्देशन र जनतामुखी राजनीतिबारे स्पष्ट सन्देश दिने ऐतिहासिक अवसर हुनेछ।”

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
