• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बागचौरमा निःशुल्क आँखा शिविर सम्पन्न




सालीकराम गौतम
सल्यान । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालले दृष्टिविहिनता न्यूनीकरणका लागि विभिन्न स्थानमा निःशुल्क ऑखा शिविर तथा आँखा जाँच कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

यसैबिच नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक तथा एनएबिपी नर्वे आर्थिक सहयोग एवम बागचौर नगरपालिकाको आयोजनामा जनकल्याण क्याम्पस थारमारेमा मंसिर १० र ११ गते २ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको शिविरमा २५२ जनाको ऑखा जाँच तथा ९६ जनाको निःशुल्क शल्यक्रिया सम्पन्न भएको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत सालीक राम गौतमले जानकारी दियका छन।

सह प्राडा रञ्जित कुमार साहको नेतृत्वमा गएको १३ जना टोलीले सेवा दिएको थियो । त्यसै गरि यहि मङ्सिर १३ र १४ गते सल्यानको ऑखा उपचार केन्द्र श्रीनगरमा एनएबिपी नर्वेको आर्थिक सहयोग र शारदा नगरपालीकाको आयोजनामा निःशुल्क आँखा शिविर हुने राप्ती आँखा अस्पतालले जनाएको छ ।

Facebook Comments