दाङ । घोराही उपमहानगरपालिका–७ स्थित उत्तरबाहिनीमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचलमा दिनप्रतिदिन भक्तजनको उत्साहसँगै दान गर्नेहरु बढ्दै गएका छन् ।
महायज्ञ सञ्चालन भएको चौंथो दिनसम्म महायज्ञमा चार लाख बढी नगद दान संकलन भएको छ । उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय ९सस्कृत गुरुकुल० सञ्चालन तथा आश्रममा मन्दिर निर्माणका लागि मंगलबारदेखि सुरु भएको महायज्ञमा शुक्रवारसम्म चार लाख २६ हजार नौ सय ५० रुपैया दान संकलन भएको छ ।
महायज्ञमा शुक्रवार घोराही उपमहानगरपालिका–५ निवासी हाल अमेरिका रहेका होताराम अधिकारीले एक लाख एक हजार एक सय ४५ रुपैयाँ दान गरेको महायज्ञका आर्थिक संकलन समितिका संयोजक भरतप्रसाद रेग्मीले जानकारी दिनुभयो। संयोजक रेग्मीका अनुसार शुक्रवार नै घोराही उपमहानगरपालिका–१५ काठेकोहल निवासी चन्द्रराज पन्तले ५५ हजार पाँच सय ५५ रुपैया, सुष्मा बेल्वासले ३० हजार नगद दान गरेका छन् ।
संयोजक रेग्मीका अनुसार महायज्ञमा धान दान गर्ने भक्तजनको समेत सहभागीता बढ्दै गएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजकका खोपीराम चौधरीको अध्यक्षता भएको महायज्ञमा संविधानसभा सदस्य अनिता देवकोटा र लोकगायिक एवं पूर्व राष्ट्रियसभा सदस्य कोमल वली समेत पुग्नुभएको थियो। गायिका वलीले गीत र भजन गाएर सहभागीलाई हौसल्ला बढाउनुभएको थियो ।
मंसिरको १६ गतेसम्म सञ्चालन हुने महायज्ञमा पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूका नाम शिलालेखमा लेखिने छ । महायज्ञमा प्रमुख कथा बाचिकाका रुपमा नर्मदा रामानुज दासी रहनुभएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
