घोराही । नेपाल पत्रकार महासंघ दाङ, शाखाले आफ्नो ३३ औं स्थापना दिवस भब्य रुपमा मनाउने भएको छ । महासंघले आगमी पुन एक गतेदेखि चार गतेसम्म विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस भब्य रुपमा मनाउने भएको हो ।
महासंघका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा शुक्रबार महासंघमा बसेको नियमित कार्यसमितिको एघारौं बैठकले आगामी पुस एक गतेदेखि चार गतेसम्म विभिन्न कार्यक्रमहरु गरी आफ्नो ३३ औं स्थापना दिवस भब्यताका साथ मनाउने निर्णय गरेको हो ।
बैठकले पुस एक गते पहिलो दिन रक्तदान कार्यक्रम गरी स्थापना दिवसको सुरुवात गर्ने निर्णय गरेको छ । रक्तदान कार्यक्रम घोराहीमा हुने र त्यसको संयोजनका लागि शाखा सदस्य हेमराज परिवर्तनलाई जिम्मेवारी दिइएको छ । यसैगरी पुस दुई र तीन गते खेलकूद कार्यक्रम गर्ने र पत्रकार महिलाबीच फूटसल प्रतियोगिता गर्ने र पत्रकारहरुबीच फूटबल प्रतियोगिता गर्ने निर्णय गरिएको छ । जसमा पुरुषतर्फको खेलकूदलाई संयोजनको लागि शाखाका सह–सचिव प्रकाश चौधरी र महिलातर्फको खेलकूदको संयोजनका लागि शाखाका उपाध्यक्ष नारायाणी रजौरेलाई जिम्मेवारी दिने निर्णय भएको महासंघले जनाएको छ ।
पुस चार गते शुभकामना आदाप्रदान एवं पत्रकार महासंघ दाङ शाखामा स्थापना गरिएका पुरस्कार वितरण गरी भब्य रुपमा ३३ औं स्थापना दिवस मनाइने भएको छ । त्यस्तै महासंघमा स्थापना गरिएका विभिन्न अक्षयकोषको पुरस्कार वितरणको सम्बन्धमा शाखा अध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति समेत गठन भएको छ ।
त्यसैगरी पत्रकार महासंघको आयोजना तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा दुईदिने स्वास्थ्य पत्रकारिता तालिम पुसको पहिलो सातामा सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
