घोराही । पाँचौं संस्करणको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले शुक्रबार कलेजमा आयोजना गरेको प्रतियोगितामा पद्मोदय स्कूल घोराहीका विद्यार्थी राजीव केसी, प्रशान्त केसी, बिरेन्द्र पुन, शिशिर यादव र छात्रा शान्ति पाण्डेले ५५ अंक प्राप्त गर्दै प्रथम हुनुभएको हो ।
यसैगरी सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा अध्ययनरत छात्र सन्तोष जैसी, विपिन चौधरी, भानुभक्त पेङ्ग, अनुप चौधरी र जीवन केसीले ५० अंक प्राप्त गरेर द्वितीय स्थान हासिल गर्नुभएको छ, भने गोरखा स्कूल घोराहीका विद्यार्थी केवी पुन, इन्द्र बुढा मगर, समिप न्यौपाने, अविषेक केसी र मन्जिता चौधरी र गुरु जजुर मावि तुलसीपुरका विद्यार्थी कुलदीप दहित, होमराज भण्डारी, कमल केसी र छात्रा मिना वलीले विनिता शर्माले समान ४५/४५ अंक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्नुभएको थियो ।
त्यसैगरी गोरखा स्कूल तुलसीपुरका विद्यार्थी सुलव घर्ती मगर, निशान्त दशौदी, प्रतीक्षा पुरी, विशाल योगी र गृष्मा मल्लले ४० अंक प्राप्त गर्दै सान्त्वना हुनुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र दुई हजार पाँचसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कलेजका सञ्चालक समितिका अध्यक्ष शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड घोराही शाखाका प्रमुख कमल प्रसाद अर्यालले यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरुले एकदमै राम्रो प्रस्तुति दिएको कुरामा जोडदिँदै विजयी हुने ठूलो कुरा नभएर सहभागी हुने कुरा महत्त्वपूर्ण भएको बताउनुभयो । विद्यार्थीहरुले सरकारी क्षेत्रमा प्रवेश गर्नका लागि यस्ता प्रतियोगितामा बढी रुचि बढाउनुपर्ने र ज्ञानको दायरासँगै क्षमता वृद्धिलाई पहिलो प्राथमिकता राख्नुपर्ने उहाँको सुझाव रहेको थियो ।
त्यस्तै कलेज सञ्चालक समितिका अध्यक्ष शैलेन्द्र गिरीले जिल्लामा प्लसटुतर्फ अध्ययनरत विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता बाहिर ल्याउने उद्देश्यले कलेज बिगत चार वर्षदेखि जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो । उहाँले यो प्रतियोगिताले विद्यार्थीहरुको चौतर्फी क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयका प्राचार्य लोकबहादुर बस्नेत, नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतले कलेजले हरेक वर्ष जिल्लास्तरीय हाजिर जवाफ प्रतियोगिता आयोजना गरेर सराहनीय कार्य गर्दै आएको बताउनुभयो । उहाँहरुले जिल्लामा प्लसटुतर्फ विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनरत गर्ने विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराए बाह्य ज्ञान प्रदान गर्ने गरी प्रतियोगिता आयोजना कलेजको प्रंशसा व्यक्त गर्नुभएको थियो । यस्ता प्रतियोगिताले विद्यार्थीहरुको आन्तरिक र बाह्य ज्ञानको दायरा बढाउनेसँगै विद्यार्थीहरुको चौतर्फी विकासमा सहयोग पुर्याउने उहाँहरुको भनाइ थियो ।
प्रतियोगितामा जिल्लामा भएका प्लसटुतर्फका माउन्ट भ्यू इङलिस बोर्डिङ स्कूल घोराही, गुरुकुल एकेडेमी घोराही, गोरखा स्कूल तुलसीपुर, पद्मोदय पब्लिक नमूना मावि घोराही, सिर्जना बालबाटिका स्कूल बिजौरी, दीपशिखा मावि घोराही, दाङभ्याली कलेज घोराही, ग्रेट अरणी मावि तुलसीपुर, जनज्योति विद्यामन्दिर घोराही, तुल्सी बोर्डिङ स्कूल तुकसीपुर, सिद्ध रत्ननाथ मावि नारायणपुर, गोरखा स्कूल घोराही, रझेमा मावि घोराही, गोरखा स्कूल लमही, श्री आदर्श मावि लमही, गुरुजजरु मावि तुलसीपुर, हिमाल एकेडेमी तुलसीपुर, चैतन्य पाठाशाला मौरीघाट, ज्ञानज्योति स्कूल तुलसीपुर, सिद्दार्थ एकेडेमी घोराही गरी २० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
कलेजले बिगत चार वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा कलेजका व्यवस्थापन समितिका अध्यक्ष भीमसेन गिरी, कलेजका प्रिन्सीपल रेशम गिरी, जिल्लामा रहेका कलेज तथा विद्यालयका प्राचार्य / प्रतिनिधि र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कलेजका निर्देशक मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन कलेजका विविए विभागीय प्रमुख सिर्जना देवकोटाले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
