• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
धानखोला-लमही सडक चार लेन नबनाए आन्दोलन गर्ने चेतावनी




दाङ। लुम्बिनी प्रदेश सरकारलाई धानखोला–लमही सडक चार लेन बनाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको छ। धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियानका संयोजक प्रकाश शाहीले प्रदेशका मुख्यमन्त्रीलाई बुधबार  ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापनपत्रमा एमसिए नेपालमार्फत अघि बढाइएको दुई लेनको प्रस्तावित सडक आयोजना स्थानीय आवश्यकता र भौगोलिक यथार्थअनुसार उपयुक्त नहुने उल्लेख छ। देउखुरी प्रदेश राजधानी क्षेत्र तीव्र शहरीकरण हुँदै गएको र निकट भविष्यमा उपमहानगरको संरचना निर्माण हुने सम्भावना रहेकाले चार लेनको बाटो अत्यावश्यक रहेको अभियानको तर्क छ।

एमसिसी परियोजना देशभर विवादित बनेको, नुवाकोट र काठमाडौंका स्थानमा जनविरोध भएको सन्दर्भ जोड्दै दाङ–देउखुरीको धानखोला–लमही खण्ड पनि विवादित बन्ने सम्भावना रहेको चेतावनी ज्ञापनपत्रमा गरिएको छ।

महेन्द्र राजमार्ग र एसियन हाइवेमा पर्ने यो महत्वपूर्ण खण्डमा साँघुरो सडकका कारण दुर्घटना बढ्दो रहेको, भालुबाङ–लमहीबीच समय कार्ड लागू गर्नुपरेको अवस्था उल्लेख गर्दै चार लेन नै दीर्घकालीन समाधान हुने निष्कर्ष ज्ञापनपत्रमा छ।

अभियानले एमसिए नेपालले सरकारसँग मात्रै औपचारिकता पूरा गरेर टेन्डर प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाउँदै, प्रक्रिया तुरुन्त रोक्न, सरोकारवालासँग विस्तृत छलफल गर्न र सडकको डिजाइन चार लेनअनुसार परिमार्जन गर्न माग राखेको छ।

ज्ञापनपत्रमा जनताको माग बेवास्ता गरी दुई लेनकै प्रक्रिया अघि बढाइए आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ।

ज्ञापनत्रको पूर्ण पाठः

Facebook Comments