• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा खुल्ला बास्केटबल प्रतियोगिता हुने




दाङ । घोराहीमा खुल्ला बास्केटबल प्रतियोगिता–२०८२ हुने भएको छ । जिल्ला बास्केटबल संघ दाङको आयोजनामा यहि मंसिरको १० देखि १३ गतेसम्म खुल्ला ५/५ बास्केटबल प्रतियोगिता हुने भएको हो ।

जिल्ला बास्केटबल संघ दाङले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएको हो । जिल्लामा बास्केटबल खेल क्षेत्रको विकाससंगै नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले हुन थालेको प्रतियोगितामा जिल्लाका दश वटा टिमको सहभागीता रहने जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष विपिन केसीले जानकारी दिएका छन् ।

अध्यक्ष केसीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र र उपबिजेता हुने टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछ । प्रतियोगितामा दाङ, कपिलवस्तु, रोल्पा, रुपन्देही, नवलपरासी र काठमाडौ जिल्लाका टिमको सहभागीता रहने भएको छ । खेलहरु घोराही उपमहानगरपालिका–१८ स्थीत सालघारी बास्केटवल कोडमा हुनेछन् । प्रतियोगिताको टाइटल स्पोन्सरमा दाङ ड्रिम प्रपटी प्राली र मुख्य स्पोन्सरमा डायमण्ड स्पा एण्ड बाथ सेन्टर रहेका छन् ।

प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने भएको आयोजक जिल्ला बास्केटबल संघ दाङले जनाएको छ । पत्रकार सम्मेलन जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण संघका जिल्ला सचिव श्रीकरण महतराले गरेका थिए ।

Facebook Comments