• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समयमै चुनाव नभए मुलुक दलदलमा फस्छ: पूर्वमन्त्री शर्मा




दाङ। पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा नभए मुलुक पुनः दलदलमा फस्ने चेतावनी दिनुभएको छ। आइतबारदेखि सुरु भएको छैटौँ बंगलाचुली गाउँपालिका कप उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभयो।

पूर्वमन्त्री शर्माका अनुसार जेन–जी आन्दोलनले मुलुकलाई नयाँ राजनीतिक मोडमा पु¥याएकाले राजनीतिक स्थिरता र रूपान्तरणको यात्रालाई निरन्तरता दिन चुनाव समयमै हुनु अत्यावश्यक छ।
उहाँले भन्नुभयो– “जेन–जी आन्दोलनले सबै दललाई सच्याउने, सुधार गर्ने र नयाँ म्यान्डेटसहित अघि बढ्ने अवसर दिएको छ। यो अवसर चुनावमार्फतै संस्थागत गर्नुपर्छ।”

उहाँले आगामी फागुन एक्काइस गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचन बिथोल्न केही तत्व सक्रिय देखिएको उल्लेख गर्दै चुनाव सफल बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
उनको भनाइ थियो– “निर्वाचन बिथोल्ने प्रयास होइन, सफल बनाउनेतर्फ दलहरू केन्द्रित हुनुपर्छ।”

कार्यक्रममा पूर्वमन्त्री शर्माले बंगलाचुली गाउँपालिका जिल्लाकै दुर्गम भए पनि सामाजिक विकास र युवा उत्थानमा उल्लेखनीय रूपमा सक्रिय रहेको प्रशंसा गर्नुभयो। गाउँपालिकाले वर्षेनी खेलकुद क्षेत्रमा नीति–कार्यक्रममार्फत लगानी गर्दै आएको बताउँदै खेल र खेलाडी राष्ट्रका मूल्यवान् सम्पत्ति भएकाले स्थानीय सरकारलाई उनीहरूको संरक्षण र विकासमा अझ सशक्त बन्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रम गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य सामाजिक विकास समितिका संयोजक गणेश विश्वकर्माले दिनुभएको थियो भने सहजीकरण शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले गर्नुभएको थियो।

गाउँपालिका–स्तरको उक्त प्रतियोगिता मंसिर आठ गते समापन हुनेछ। गाउँपालिकाका आठै वडाका खेल समूहहरू प्रतियोगितामा सहभागी भएका छन्।

Facebook Comments