दाङ । घरेलु तथा साना उद्योग कार्यालय, दाङको आम्दानी निरन्तर रुपमा घट्दै गएको छ । कार्यालमा दर्ता हुने उद्योगको संख्या घटेसँगै आम्दानी पनि घट्दै गएको छ । कार्यालयमा पछिल्लो सयम साना उद्योग दर्ताहरु घटेसँगै आम्दानी पनि घट्दै गएको कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको चार आर्थिक वर्षको तथ्याङ्क अनुसार साना उद्योग दर्ता घटेसँगै आम्दानी पनि बढ्ने र निरन्तर घट्ने गरेको देखिन्छ । आर्थिक वर्ष २०७८/०८९ मा द्ुई हजार एक सय ४३ वटा साना उद्योग दर्ता हुँदा कार्यालयले ३१ लाख ४९ हजार आठ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले उत्पादनमूलकतर्फ दुई सय १४ वटा साना उद्योग दर्ताबाट चार लाख १० हजार सात सय ७५, सेवातर्फ दुई सय ६६ वटा उद्योग दर्ताबाट तीन लाख ८२ हजार पाँच सय, कृषि तथा वनजन्यतर्फ एक हजार चार सय ६१ वटा उद्योग दर्ताबाट २१ लाख तीन हजार आठ सय, पर्यटनतर्फ एकसय ९८ वटा उद्योग दर्ताबाट दुई लाख ४५ हजार, खनिजतर्फ एक वटा उद्योग दर्ताबाट एकसय र अन्यतर्फ दुई वटा उद्योग दर्ताबाट सात हजार सात सय रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८९/८० मा आठ सय ३८ वटा उद्योग दर्ताबाट ३९ लाख ४० हजार तीनसय रुपैयाँ राजश्व संकलन भएको थियो । उत्पादनमूलकतर्फ ९९ वटा उद्योग दर्ताबाट नौ लाख ४६ हजार दुई सय, सेवातर्फ एकसय ७३ वटा उद्योग दर्ताबाट सात लाख १९ हजार छसय, कृषि तथा वनजन्यतर्फ चार सय ७० वटा उद्योग दर्ताबाट १९ लाख १९ हजार र पर्यटनतर्फ ९६ वटा उद्योग दर्ताबाट तीन लाख ५५ हजार पाँच सय रुपैयाँ राजश्व प्राप्त भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनमा उद्योग दर्ता घटेपनि कार्यालयमा प्राप्त हुने राजश्व भने सात लाख ९० हजार चार सय २५ रुपैयाँले बढेको देखिन्छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ६२ वटा उद्योग दर्ताबाट २३ लाख ९४ हजार दुई सय रुपैयाँ राजश्व संकलन भएको थियो । उत्पादनतर्फ एक सय १६ वटा उद्योग दर्ताबाट छलाख १८ हजार आठ सय, सेवातर्फ एक सय ३४ वटा उद्योग दर्ताबाट पाँच लाख ५३ हजार दुई सय, कृषि तथा वनजन्यतर्फ दुई सय ४४ वटा उद्योग दर्ताबाट नौ लाख ५३ हजार सात सय र पर्यटनतर्फ ६८ वट उद्योग दर्ताबाट दुई ६८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुई सय ७६ वटा उद्योग दर्ता घटेसँगै १५ लाख ४६ हजार एक सय रुपैयाँ राजश्व संकलन घटेको देखिन्छ । कार्यालयमा उद्योग दर्ता घट्दै गएको कार्यालयका उद्यम विकास सहजकर्ता अनिल चौधरीले जानकारी दिनुभयो । उहाँले कार्यालयमा साना उद्योग दर्ता घट्दै गएर र राजश्व संकलन पनि घट्दै गएको बताउनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा चार सय ६० वटा साना उद्योग दर्ताबाट ११ लाख ८१ हजार नौ सय रुपैयाँ राजश्व संकलन भएको थियो । उत्पादनतर्फ ८० वटा उद्योग दर्ताबाट दुई लाख ६८ हजार एक सय, सेवातर्फ एक सय ३८ वटा उद्योग दर्ता हुँदा तीन लाख ४९ हजार दुई सय, कृषि तथा वनजन्यतर्फ एक ८९ वटा उद्योग दर्ताबाट चार लाख ३१ हजार सात सय र पर्यटनतर्फ ५३ वटा उद्योग दर्ताबाट एक लाख ३२ हजार नौ सय रुपैयाँ राजश्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष पनि एक सय दुई वटा उद्योग दर्ता घट्दा १२ लाख १२ हजार तीन सय रुपैयाँले राजश्व घटेको छ ।
पछिल्लो समय कार्यालयमा उद्योग दर्ता गर्ने उद्यमीहरु घट्दै गएको कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुयभो । उद्योग दर्ता गर्ने उद्यमीहरुको संख्या घट्दै गएसँगै कार्यालयमा प्राप्त हुने आम्दानी पनि घट्दो अवस्थामा रहेको उहाँले बताउनुभयो । कार्यालयमा प्रायः मानिसहरुले वैदेशिक रोजगार र बैकिङ् लोकका लागि उद्योग दर्ता गर्ने गरेको र आफ्नो उद्देश्य पूरा भएपछि उद्योग बन्द गर्ने गरेको अवस्था रहेको उहाँको भनाइ थियो ।

रेउले सिस्ने अनलाइनका प्रबन्ध सम्पादक हुनुहुन्छ ।
