घोराही । विद्यालयको बृहत्तर विकासका लागि यही प्राथामिक विद्यालय क्वाडीले यही मंसिर ८ देखि १५ गतेसम्म विद्यालय प्राङ्गणमा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ संचालनको तयारी तिव्रका साथ गरिरहेको छ । वि.स. २०३५ सालमा रात्री विद्यालयका रुपमा स्थापना भएको प्रा।वि। क्वाडीको विद्यालयको शैक्षिक तथा भौतिक संरचनाको अवस्था केही सुधार उन्मुुख अवस्थामा रहेको छ । ग्रामिण वस्ती अझ त्यो पनि चौधरी समूदायको बाहुल्य क्षेत्रमा अवस्थित उक्त विद्यालयको अवस्था अझै सन्तोषजनक बन्न सकेको छैन ।
विद्यालयलाई विद्यालय जस्तो बनाउने उद्देश्यका साथ सामाजिक अगुुवा र सामाजिक अभियान्ताहरुले धार्मिक अनुुष्ठान मार्फत उक्त विद्यालयको मुहार फेर्ने प्रयत्न गरिरहेका छन् । जहाँ शिक्षक, अभिभावक, स्थानीय र अभियान्ताहरुले गाउँ, शहरमा कोही दाता खोज्नमा व्यस्त छन् , विद्यालय सिंगार्नमै मस्त देखिन्छ । चौधरी समुदायमा बिचोबिचमा रहेको प्रावि क्वाडीमा पहिलो पटक धार्मिक कार्य मार्फत गाउँलेहरु विद्यालय सुधार र विकासको काममा जुट्दा स्थानीयहरु नै खुसीका साथ विद्यालयको काममा लागि परिरहेका छन् ।
विद्यालय व्यवस्थापन समितिले सप्ताह ज्ञान महायज्ञ संचालन गरि विद्यालयको बृहत्तर विकासका योजना सुनाएपछि गाउँले अभिभावक र स्थानीय अभियान्ताहरु सक्रियताका साथ लागि परिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सप्ताह ज्ञान महायज्ञ संचालन मूल आयोजक समितिका संयोजक रेवन्ता पुनले बताउनुभयो ।
उहाँले –‘हामीसँगै स्थानीय अभियान्ता र अभिभावकहरु दाता खोज्न, देखि जग्गे पोत्नेसम्मको काममा लागिरहनुुभएको छ । ’ जसले विद्यालयको उक्त पवित्र कर्मलाई पूर्णसँगै सार्थकता दिएको अनुुभूत विद्यालयले गरेको उहाँको भनाई छ । सामुदायिक विद्यालयक उसैमा पनि गाउँले किसानका छोराछोरी भाग्य भविष्य निर्माण गर्ने थलोका रुपमा रहेका विद्यालयको दान र धार्मिक अनुुष्ठान मार्फत फेर्ने उक्त महान कार्यमा अभिभावकसँगै सामाजिक अगुुवाहरुको सक्रियताले सबैलाई उक्त कार्यमा उत्साह थपेको समेत खुुसी अध्यक्ष पुनले सुनाउनुुभयो । उहाँले थप्नुुभयो–‘ विद्यालयका बालबच्चब पढाउने बा–आमा देखि विद्यालयलाई माया गर्ने सबै अग्रजहरु महायज्ञको हातेमालोमा लाग्नुुभएको छ । ’
महायज्ञका लागि दाता खोज्न मात्रै होईन महायज्ञका लागि स्थानीयहरु विद्यालयको बृहत्तर विकासका लागि सक्दो दानदिव्यका लागि समेत आफै अग्रसर बनिरहेको छन् । गाउँलेहरुले आगन्तुुकहरु लागि खाना, बसोबास व्यवस्थानमा महायज्ञ पूर्वसन्ध्या देखि नै गर्दै आईरहेकाले स्थानीयहरु महायज्ञ सफल बनाउन आफूले सकेको सहयोग होईन सक्ने श्रममा पनि जोडिदै आईरहेको महायज्ञ मूल आयोजक समितिका निर्देशक श्रीधर शर्मा पौडेलले बताउनुुभयो । उहाँले भन्नुुभयो–‘ कोही दाता खोज्न, कोही विद्यालय सिंगार्न कोही, आगन्तुुकहरु भान्सा व्यवस्थापनमा समेत गाउँलेहरु आफै लागेका छौं । ’
त्यत्ति मात्रैै होईन स्थानीयहरु घरमा मात्रै होईन चौधरी गाउँबिचमा महायज्ञ पहिलो रहेकाले गाउँहरुले पनि आफसी छलफल र सक्ने दानको छलफलका लागि गाउँदेखि शहरसम्म लागि रहेको सुनाउनुुभयो । जसका लागि विद्यालय परिसरमा स्थानीयहरु महायज्ञका उपलब्धी र रचनामूलक योजनाका साथ लागिरहेको उहाँको भनाई छ । महायज्ञ सफल बनाउन पनि हरेक गाउँलेहरु सहयोग गरिरहेको छन् । निर्देशक पौडेलका अनुुसार महायज्ञ तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिनुुभयो । महायज्ञको मञ्च व्यवस्थापनदेखि अन्य व्यवस्थापनको काम सकिएको जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
