• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एमालेका सांसद उम्मेदवार नेकपामा प्रवेश




एमाले लुम्बिनी कमिटी सदस्य तथा रुकुमपूर्वमा प्रतिनिधिसभा उप–विजेता कैलाश कुमार मल्ल आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नु भएको छ।
शनिबार विहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हात्तिवनस्थित निवासमा मल्लले औपचारिक रूपमा नेकपा प्रवेश गरेका गर्नु भएको हाे। संयोजक दाहालले मल्ललाई खादा ओढाएर स्वागत गर्नूभएकाे हाे । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट मैदानमा उत्रिनु भएको मल्ल पूर्णबहादुर घर्तीमगरसंग रुकुमपूर्वमा उप–विजेता बन्नुभएको थियाे।

एमाले छाड्दै मल्लले हालको राजनीतिक दिशाबारे असन्तुष्टि जनाएका थिए। प्रवेश कार्यक्रममा उनले भने, “जनताको मुद्दा र परिवर्तनको मार्गलाई प्राथमिकता दिने सोचका कारण नयाँ यात्रामा लागेको हुँ।”मल्लले भन्नुभयाे।

पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्ती, जिल्ला इञ्चार्ज तेजबहादुर ओली, पूर्वमन्त्रीहरू कमला रोका र दलजित सिर्पाली तथा महाधिवेशन आयोजक समिति सदस्य केशव रावलको उपस्थिति रहेको थियो।

Facebook Comments