• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङकोे राजपुरबाट विद्यार्थी लिएर गएको बस पाल्पामा दुर्घटना , ११ जना घाइते




बुटवल । पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइतेफ भएका छन् ।

दाङको राजपुर स्थित साधारण नमुना माविबाट विद्यार्थी लिई पाल्पा भ्रमणको लागि आएको ना ५ ख१०८९ नम्बरको बस शुक्रबार विहान करिब ६ बजे दुर्घटनामा परेको हो । पाल्पाको रानिमहल जाने क्रममा तानसेन नगरपालिका-१३ बैकण्ठे भिर नजिकै बस अचानक आफै अनियन्त्रीत भई सडकको भित्तामा ठोकिन पुगेको थियो ।

दुर्घटनामा परी घाइते हुनेहरुमा दाङ राजपुर गाउँपालिका-४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका-११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही-१४ का ३५ वर्षिय सन्तोष ढकाल, राजपुर गाउँपालिका-५ की १२ वर्षीया सन्ध्या भण्डारी, राजपुर गाउँपालिका-६ की १८ वर्षिया दिल कुमारी रावत रहेकी छन् । यसैगरी राजपुर-६ की १० वर्षीया सन्तोषी चौधरी, १९ वर्षिय अजय नेपाली, राजपुर-५ की २३ वर्षीया सृजना यादव, १३ वर्षिय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही-९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् ।

अस्थाई प्रहरी पोष्ट रानिमहलबाट खटिएको टोलीले घाईतेहरुको उद्धार गरी उपचारको लागि मिसन अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

Facebook Comments