आलोक भावुक
गढवा। गढवा गाउँपालिका वडा नं. ७ झारबैरामा रहेका प्रशंसा उद्यमी महिला समूहका दिदीबहिनीहरूले सामूहिक रूपमा राजमा खेती सुरु गरेका छन्।
भिटा परियोजनामार्फत गाउँपालिकाले कृषि तथा पशु विकासका क्षेत्रमा आवश्यक ज्ञान, सीप, प्रविधि तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि स्थानीय महिलाहरू राजमा खेतीतर्फ आकर्षित भएका हुन्।
समूहमा आवद्ध महिलाहरूले सामूहिक खेतीमार्फत घरेलु आम्दानी वृद्धि गर्ने, उद्यमशीलता विकास गर्ने र उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य राखेका छन्। सामूहिक प्रयासले खेतीमा लागत घट्नुका साथै उत्पादन र बजार व्यवस्थापनमा समेत सहजता हुने सम्भावना महिलाहरूले व्यक्त गरेका छन्।
गढवा गाउँपालिकाले कृषिमा आधारित उद्यम विकासका लागि महिलाहरूलाई निरन्तर साथ र प्रेरणा दिइरहेको छ। प्राविधिक सहयोग प्राप्त भएपछि महिलाहरू खेतीपातीमा थप उत्साहित बनेका छन्। सामूहिक राजमा खेती सफल भएमा यसले झारबैरा क्षेत्रलाई राजमा उत्पादनका लागि नमूना क्षेत्रका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
